"दोस्रो तिलिचो रनिङ कप फुटबल टुर्नामेन्ट २०१३ " कार्यक्रमको सम्पूर्ण तयारी पुरा l
https://nnkorea.blogspot.com/2013/06/l_11.html
रमेश खावाजु,दक्षिण कोरिया l
२०१३ जुन १६ तारिक आइतबारका दिन मनाङ परिवार दक्षिण कोरियाद्वारा आयोजना गर्न लागेको "दोस्रो तिलिचो रनिङ कप फुटबल टुर्नामेन्ट २०१३ " कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।
खेलको टाईसिट
जुन ५ तारिकमा मनाङ परिवार दक्षिण कोरियाद्वारा प्रतियोगिताको टाइसिट पनि प्रकाशित गरिसकेको छ l
आपतकालीन राहत कोष निर्माणको लागी सोयासन फुटबल ग्राउण्डमा हुन् लागेको १ दिने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालीहरुको १४ वटा टिमले भाग लिने भएको छ l"A" र "B " को प्रत्येक समुहमा ७ ,७ वटा क्लबमा विभाजित गरिएको छ l प्रतियोगिताको पहिलो खेल बिहान ८ बजे मनाङ फुटबल क्लब र नवलपरासी फुटबल क्लब बिच प्रतिष्प्रर्धा हुनेछ l फाइनल खेल बेलुकी करिब ८:३० बजे हुनेछ l
प्रतियोगिताको नियमहरु
सो प्रतियोगिताको प्रत्येक खेल ५० मिनेटको हुनेछ l प्रत्येक खेलमा पहिलो हाफ २० मिनेट ,दोस्रो हाफ २० मिनेट तथा रेष्ट समय १० मिनेटको हुनेछ l सो प्रतियोगिताको खेलमा दुवै क्लब बीच खेल बराबरीमा तुंगेमा समय नथपी एकै चोटी पेनाल्टी चरणमा पुगिनेछ l उक्त फुटबल प्रतियोगिताको खेल सफा तथा निष्पक्ष तरिकाले संचालन गर्नको लागि प्रत्येक क्लबले १ लाख वन डिपोजिट राख्नुपर्नेछ l खेलमा पहेलों कार्ड पाएको खण्डमा १० हजार वन तथा रातो कार्ड पाएको खण्डमा २० हजार वन कट्टा गरि बाँकि रकम फिर्ता गरिनेछ l खेलको लागि चाहिने ड्रेस ,जुता तथा अन्य सामानहरु सहभागी खेलाडीहरुले जुटाउनु पर्नेछ l खेल निश्चित समयमा नै हुने भएकोले टिमका खेलाडीहरु आफ्नो खेल समय भन्दा १ घण्टा अगाडी कार्यक्रम स्थलमा उपस्थित हुनु पर्नेछ तथा रेफ्रीको निर्णय अन्तिम निर्णय हुनेछ l
भाग्यशाली चिट्ठा खोलिने
१६ जुन बेलुकी करिब ८ बजे आपतकालीन राहत कोष निर्माणको लागि मनाङ परिवार दक्षिण कोरियाले दोश्रो तिलिचो रनिङ कप फुटबल टुर्नामेन्ट २०१३ ' को अवसरमा भाग्यशाली खोलिने भएको छ l सो भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार नगद ५० हजार रुपैंया , दोश्रो पुरस्कार नगद ३० हजार तथा तेश्रो पुरस्कार नगद २० हजार रुपैंया रहेको छ । बिक्रि भएको वा नभएको भाग्यशाली चिट्ठाहरुका प्याड जुन १६ तारिक ,बेलुकी ६ बजे सम्म आयोजकहरुलाई बुझाइ दिनुहुन मनाङ परिवार दक्षिण कोरियाद्वारा विभिन्न संस्थाहरुलाई अनुरोध गर्नु भएको छ l
पुरस्कार वितरण
खेलको समाप्ति पश्चात पुरस्कारको वितरण गरिनेछ l प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद १० लाख , मेडल तथा प्रमाणपत्र दिनेछ । दोस्रो हुने टिमलाइ नगद ५ लाख, मेडल, प्रमाणपत्र दिइनेछ भने बेस्ट प्लेयर, बेस्ट स्कोर तथा बेस्ट किपरलाइ आकर्षक पुरस्कारको पनि ब्यबस्था गरिएको छ ।
उक्त प्रतियोगितामा नेपाली खानाको स्टल राखिनेछ l नेपाली खानाको स्टलमा नेपाली परिकारहरु मम ,चिउरा ,तरकारी ,भुटन ,रोटिको व्यवस्था गरिएको मनाङ परिवार ,कोरियाका अध्यक्ष प्रकाश लामाले बताए l उहाँले १६ जुन २०१३ आइतबार गरिन लागेको 'दोश्रो तिलिचो कप मैत्रीपूर्ण फुटबल प्रतियोगिता तथा भाग्यशाली चिट्ठा ' कार्यक्रममा सहभागी भइ सफल परिदिहुन कोरिया स्थित सम्पूर्ण संघ संस्थाहरु तथा नेपाली समुदायहरुमा बिनम्र अनुरोध गर्नु भएको छ l

Post a CommentDefault CommentsFacebook Comments