‘फेसबुकबाट सुरु भै डट कमको सुरुवात गर्दै सउल प्रोग्राम’ l
https://nnkorea.blogspot.com/2013/06/l.html
दक्षिण कोरिया , जुन ३० ।
दक्षिण कोरियाको राजधानी सउललाई नेपालीहरुको कार्यक्रम गर्ने मुख्य केन्द्र बनेको छ । बिबिध कारणले बिदेसिएका र विभिन्न स्थानमा यत्र तत्र छरिएर रहेका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई एकै ठाउमा जमघट गराउने गन्तब्य बनेको कोरियाको राजधानी सउल र यसैलाई आधारित मानेर सउल प्रोग्राम डट कम संचालनमा आउने भएको छ ।
बर्षौ देखी नभेटिएका अथवा मुखै रसाउने नेपाली परिकारका स्वादहरुनै लिन किन नहोस प्राय बिदाका दिन नेपालीहरु कोरियाको राजधानी सउलको सेरोफेरोमा जमघट गर्ने गर्दछन । अन्य स्थानको तुलनामा विभिन्न ठाउबाट आएका नेपालीहरुको बाक्लो बाहुल्यता भएको हुदा प्राय नेपालीहरु सउल आउदा आफ्नो समय बितेको थाहानै पाउदैनन । कोरियामा नेपाली संघ संस्था हरु दिनानुदिन बढ्दो क्रममा रहेको छ भने अर्को तिर हरेक महिनामा कुनै न कुनै संस्थाले कार्यक्रम आयोजना गरेका हुन्छन । सूचना ,जानाकारी ,समाचार र बिबिध कार्यक्रमको जानकारीलाई मुख्य रुपमा आफ्नो बिषय बनाउनुका साथै करिब छ महिना देखि पाठकहरु माझ फेसबुकको मार्फत प्रस्तुत गर्दै आइरहेको यस सउल प्रोग्रामले अब भने सउल प्रोग्राम डट कम को माध्यम आफ्नो कार्यक्रम प्रस्तुत गर्नुका साथै अनलाइन रेडियो कार्यक्रम ‘कोरिया दर्पण’ समेत प्रशारणमा ल्याउने भएको छ ।’कोरिया दर्पण’ रेडियो कार्यक्रम नमस्ते नेपाल कोरिया डट कम लगायत अन्य मिडियाहरुमा समेत सुन्ने व्यवस्था रहेको छ ।

Post a CommentDefault CommentsFacebook Comments