कोरियामा काभ्रेलीहरूको बृहत् भेला भब्य रुपमा सम्पन्न l
https://nnkorea.blogspot.com/2013/07/l_1.html
रमेश खावाजु ,दक्षिण कोरिया l
दक्षिण कोरियाको आन्सान माईग्रेन्ट सेन्टरमा २०१३ जुन ३० तारिख आईतवारका दिन विभिन्न कामको शिलसिलामा कोरियामा रहेका काभ्रे जिल्लावासीहरुको साझा चौतारी रुपमा रहेको काभ्रे सम्पर्क समिति(KCC ) कोरियाको बृहत् भेला तथा भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ l
दिउँसो १ वजे देखि सुरु भएको सो बृहत भेला तथा भेटघाट कार्यक्रममा नब आगन्तुक सदस्यहरुलाई स्वागत गरेका थिए भने काभ्रे सम्पर्क समितिको स्थापनाकाल देखि समितिलाई सहयोग पुर्याउनुहुने ब्यक्तिहरुलाई कदर स्वरुप प्रमुख अतिथि राजदुत कमानसिंह लामाले सम्मानपत्र पनि वितरण गरेका थिए l मन्तब्यको क्रममा राजदुत लामाले दक्षिण कोरियामा विभिन्न परोपकारी कार्यमा सक्रिय रहेका तथा काभ्रे सम्पर्क समिति र नेपाल योङ स्टार ग्रुपको स्थापना गर्न अग्रणी भूमिका निभाएका काभ्रे निवासी यम श्रेष्ठको निकै खुलेर प्रशंसा गरे l उहाँले काभ्रे सम्पर्क समितिले दक्षिण कोरियामा निरन्तर रुपमा सामाजिक कार्यहरु गर्दै जाओस भनि सुभकामना पनि ब्यक्त गरे l
कार्यक्रममा ब्यबसायी तथा KCC का सल्लाहकार राजेश लामाले सो संस्थालाई निरन्तर रुपमा भौतिक ,नैतिक तथा आर्थिक रुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे भने KCC का संस्थापक अध्यक्ष तथा नेपाल योङ स्टार ग्रुपका अध्यक्ष यम श्रेष्ठले भविष्य सम्म निरन्तर रुपमा KCC ले परोपकारी कार्यलाई कोरियामा तथा आफ्नो गाउँ ,बस्तीको कुना काप्चा सम्म पुर्याएको हेर्न चाहेको बताए l त्यस्तै मन्तब्यको दिने क्रममा एन. आर एनका उपाध्यक्ष मणिक लामाले "हामी सबै मिलि एकबद्ध भइ आफ्नो ठाउँको बिकाश गर्न कोरियामा आफुले कमाएको केहि रकम छुट्याई सहयोग गरौँ "भन्ने आफ्नो धारणा ब्यक्त गरे l करिब ५० जना भन्दा बढी काभ्रेलिहरु सहभागी रहेको सो भेलामा प्रमुख अतिथि राजदुत कमान सिंह लामा ,एन. आर एनका उपाध्यक्ष समिति मणिक लामा , ब्यबसायी, समाजसेवी तथा सल्लाहकार राजेश लामा , नेपाल योङ स्टार ग्रुपका अध्यक्ष तथा KCC संस्थापक अध्यक्ष यम श्रेष्ठ , पत्रकार महासंघ कोरिया शाखाका सदस्य मिङमार लामा ,नेपाल तामाङ संघका सह सचिब नवराज तामाङ तथा आपतकालीन सेवा समितिका पुर्व अध्यक्ष दिनेश शाहको उपस्थिति रहेको थियो l
उक्त भेलामा कोरियाको बसाईको समयमा आइपर्ने बिभिन्न समस्याहरुको समाधान कसरी गर्ने तथा सबैको सुख दुःखमा हातेमालो गरी काभ्रे जिल्लावासीहरुलाइ कसरि कोरियामा एकतावद्ध पार्ने जस्ता विभिन्न बिषयहरुमा पनि छलफल पनि भएको थियो l त्यस्तै कोरियामा मात्र होइन काभ्रे जिल्लाको शैक्षिक,आर्थिक र सामाजिक विकासका लागि के कस्ता कार्यहरु गर्न सकिन्छ तथा कोरियामा विभिन्न बिषयहरुमा संस्थाको भाबी योजनाहरुको बारेमा सल्लाह हुँदा सहभागीहरु हौसिएका थिए l संस्थाले त्यस्तै आउदो चुसकमा चिट्ठा कार्यक्रम गर्ने तथा काभ्रेको एउटा अस्पतालको लागि एम्बुलेन्स सहयोग गर्ने योजना उक्त सामुहिक छलफलको निस्कर्षले पारित गर्यो l साँझ ५:३० सम्म चलेको सो कार्यक्रममा KCC सदस्य प्रकाश अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने गोबिन्द गौतमले कार्यक्रम संचालन गरेका थिए l उक्त कार्यक्रम अध्यक्ष मनमहेश भुजेलको सभापतित्वमा सम्पन्न भएको थियो l
काभ्रे सम्पर्क समितिद्वारा आउँदो चुसकमा हुने चिट्ठा कार्यक्रममा सहयोग गरिदिनु हुन् काभ्रेली दाजुभाई दिदीबहिनीहरु, कोरियास्थित संघ संस्थाहरु तथा सम्पूर्ण कोरियाबासि नेपालीहरुमा अध्यक्ष मन महेश भुजेलले अनुरोध गर्नु भएको छ l

Post a CommentDefault CommentsFacebook Comments