कोरीयाको नेपाली दूतावास हाताभित्रबाट नै नेपाली पक्राउ पछीका तरंग l
https://nnkorea.blogspot.com/2013/06/l_24.html
अशोक मैनाली , दक्षिण कोरिया l
कोरियन सरकार पछिल्लो समय अवैधानिक बिदेशी प्रति आक्रामक ढंगले लागेको छ। यदि साच्चै अवैधानिक बिदेशी उसले पक्रन चाहाने हो भने यो भन्दा धेरै पहिले नै कोरियामा अवैधानिक बिदेशीहरू आ आफ्ना मुलुक पुगिसकेका हुन्थे । तर काम छन्जेल भाडो काम सकिए पछि …….भने झैं कोरियन सरकार आफुलाई आवश्यक भईन्जेल देखे नदेखे झै गरी छाड्ने यदी आवश्यक परेन भने अमाणविय तवरले धरपकड गरेर आजको २१ औं शतावद्दीको मुल्य र मान्यताको धज्जी उडाउने कार्य गर्न पनी पछि पर्दैन । र आफ्नो कथित उन्नत प्रजातन्त्रको धोती खुस्किएको पत्तो नै पाउदैन ।
मानवअधिकार र मजदूर अधिकारको पक्षपाती भएको उसको भाषण सरासर झुट सावित मात्र हुंदैन ती त उसको देखाउने दांत मात्र रहेछ खाने बंगारा त भित्र तिखारेर नै राखेको हुंदो रहेछ। यसो भन्दै गर्दा अवैधानिक विदेशीको पक्षपोषण गरेको होइन र साथ साथै उसको अध्यागमनको नियम माथी चुनौती दिन खोजेको पनी होईन। भन्न खोजिएको के हो भने बिदेशी श्रमिकलाई ‘टीस्यु पेपर’ मात्र नबनाईयोस् । कोरियाको लागी नेपाली राजदूत कमान सिङं लामा भन्ने गर्थे ‘यदी कोरियन कम्पनीलाई आवश्यक भएर मात्र हाम्रा दाजुभाई राखेका हुन् यदि उनीहरूले काम नदिउन् त को यंहा बस्छ ?’
के गरिव र धनी देशको सार्भौमिकता फरक हुन्छ र ?
पछिल्लो समय दूतावास हाता भित्र बाटै नेपाली पक्राउ पछि नेपाली स्वाभिमान प्रती धक्का लागेको महशुस प्रत्येक नेपालीलाई भएको छ। हो नेपाल गरिव छ तर आफ्नो स्वाभिमानमा धक्का लाग्यो भने जस्तो सुकै कुर्वानी दिन तयार छ यसको ईतिहासले पुष्टी गरेको छ। तव न नेपाल कसैको अधिनस्त हुन सकेन ।
तर लामो समय बिदेशीको कब्जामा रहेको र युद्दको घाउको अझै टाटो नबसिसकेको देशले किन गरिव र निमुखा देशका जनताको स्वाभिमानमा धावा बोलेको होला ? हो उसले अवैधानिक नेपालीलाई समातेर स्वदेश देश फर्काउन सक्छ तर दूतावास हाता भित्रबाट नेपाली पक्रन पाउदैन यो त प्रचलित कुटनितिक मुल्य र मान्यताको पनी बिरुद्दमा छ। कुनै पनी बिदेशी नियोग हाता वरिपरि सोही देशको कानुन लागु हुने कुटिनितिक परम्परा उसलाई हेक्का नहुने त कुरै भएन ।
दूतावास किन मौन ?
दूतावास यस्तो संस्था हो जो प्रत्येक नेपालीको अन्तिम साहारा हो। प्रत्येक नेपालीको रगत र पसिना बाट दूतावास र कर्मचारी पालित पोषित हुने ह्ंदा नेपाली प्रति उनीहरूको भूमिका पनी त्यस्तै हुनुपर्छ । दूतावास भक्षक होइन रक्षक हुनुपर्छ । तर तमु धी कोरियका अध्यक्ष तथा एक सक्रिय सामाजिक रामकाजी गुरुङ पक्राउ पछि दूतावास प्रती चोर औंला सोझिएको छ।
यस बिषयमा दूतावासले आम नागरिकको शंका निवारण गर्नु जरुरी छ। पक्राउ पछी गुरुङ्ले भनेका छन् ‘यो दूतावास भित्र कै षड्यन्त्र हो । ‘पिडितले नै यसो भने पछी सौल स्थित नेपाली दूतावास प्रती कोरियबासी नेपालीहरूले आशंकाको नजरले हेर्नु के अपराध हो ?
के यदी उनी समतिनुमा दूतावास भित्रको हात रहेको प्रमाणित भए यो भुल होइन ठुलो अपराध पनी हो ।
यो अवस्थामा दूतावास कानमा तेल हालेर बस्न मिल्दैन किनकी बेलैमा यो बिषयमा प्रस्ट पार्न सके अहिले व्याप्त भ्रम हट्न सक्छ । अर्को कुरा राजदूत ज्युले उनी समातिनु दु:ख लागेको बताएका छन् तर के उनले यो बिषयमा कोरियन सरकार समक्ष असन्तुष्टी नोट अफ डिसेन्ट राखे ?
के उनी यस बिषयमा छानविन वा नेपाली संघ संस्थाको ‘भ्रम’निवारण गर्न सक्छन् ?
(मैनाली नेपाल पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष हुन्। )

Post a CommentDefault CommentsFacebook Comments