कोरियामा तिलिचो रनिङ कप फुटबलको उपाधि कास्की परिवारलाइ l

रमेश खावाजु ,दक्षिण कोरिया l
२०१३ जुन १६  तारिख आईतबारको दिन  मनाङ परिवार दक्षिण कोरियाद्वारा आयोजित "दोस्रो तिलिचो रनिङ कप फुटबल टुर्नामेन्ट २०१३ " मा कास्की परिवार ,दक्षिण कोरियाले उपाधि कब्जा गरेको छ l 
आपतकालीन राहत कोष निर्माणको लागी सोयासन फुटबल ग्राउण्डमा भएको उक्त प्रतियोगिताको फाइनल खेलमा कास्की परिवारले आयोजक  मनाङ परिवारलाइ ३-१ ले हराउदै उपाधि जित्न सफल भएको थियो l १४ वटा टिमको सहभागिता रहेको सो प्रतियोगिताको   सेमीफाईनलमा कास्की फुटबल टिमले धरान फुटबल टिमलाइ २ -१ तथा  मनाङ फुटबल टिमले एनफास्ट फुटबल टिमलाइ ३-१ ले हराउदै फाइनलमा प्रवेश गरेको थियो l १ दिने उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बिजयी टिम कास्की परिवारले नगद १० लाख वन मेडल , प्रमाणपत्र तथा  दोस्रो हुने मनाङ फुटबल टिमले नगद ५ लाख वन  मेडल, प्रमाणपत्र प्राप्त गरेको थियो l सो प्रतिगीतामा कास्कीका शुक्र तामाङले  बेस्ट प्लेयर ,कास्कीका रमेश गुरुङले हाइ स्कोर ,  मनाङका मिङमार छिरीङ  लामाले बेस्ट गोल तथा  मनाङका शिब घलेले बेस्ट किपरको पुरस्कार प्राप्त गरेका थिए l 
बिहान ८ बजे देखि सुरु भएको सो फुटबल प्रतियोगितामा प्रमुख अतिथि राजदुत कमान सिंह लामा ,दोङदुछनका मेयर ,खेलकुद संघका अध्यक्ष तथा विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु पनि सहभागी भएका थिए l करिब ५ सय जना नेपालीहरुको सहभागिता रहेको सो प्रतियोगितामा नेपाली खानाको ब्यबस्था गरिएको थियो l नेपाली खानाको स्वाद चाखेका दोङदुछन्का मेयर तथा खेलकुद संघका अध्यक्षले नेपाली खानाको निकै तारिफ गरेका थिए l उक्त कार्यक्रम बेलुकी ९ बजे सम्पन्न भएको थियो l 

भाग्यशाली चिट्ठा सम्पन्न 
आपतकालीन राहत कोष निर्माणको लागि  मनाङ परिवार दक्षिण कोरियाले दोश्रो  तिलिचो रनिङ कप फुटबल टुर्नामेन्ट २०१३ ' को अवसरमा पारि भाग्यशाली चिट्ठा पनि खोलिएको छ l सो भाग्यशाली चिट्ठाको  प्रथम पुरस्कार  टिकट नं १०१० (कर्मा),दोस्रो पुरस्कार टिकट नं १४२ , एस .के .क्षेत्री ,तथा  तेस्रो पुरस्कार टिकट नं ६९९  (शिव  घले ) छानिएको छ  l बिजेताहरुले जुलाई १६ तारिक सम्म आयोजक समक्ष सम्पर्क गरि आफ्नो उपहार लानु हुन् मनाङ परिवार दक्षिण कोरियाले अनुरोध गर्नु भएको  छ lसो भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार नगद ५० हजार रुपैंया , दोश्रो पुरस्कार नगद ३० हजार तथा तेश्रो पुरस्कार नगद २० हजार रुपैंया रहेको छ ।

मनाङ परिवार दक्षिण कोरियाद्वारा आयोजित उक्त फुटबल प्रतियोगिताको लागि ओम नमस्ते  रेष्टुरेन्ट ,दोङदुछनले ३ लाख वन ,पुजा रेस्टुरेन्ट ,दोङदेमुन २ लाख ,नागार्जुन गुम्बा (वाईबिए सेवा केन्द्र ) ३ लाख वन ,नेपाल बौद्ध परिवारले ५१ हजार वन आर्थिक सहयोग गरेका थिए l'दोश्रो तिलिचो कप मैत्रीपूर्ण फुटबल प्रतियोगिता तथा भाग्यशाली चिट्ठा ' कार्यक्रममा आर्थिक सहयोग गर्नु हुने तथा सहभागी भइ सफल बनाइदिनुहुने कोरिया स्थित विभिन्न संघ संस्थाहरु ,नेपाली समुदायहरुलाइ मनाङ परिवार दक्षिण कोरियाका अध्यक्ष प्रकाश लामाले धन्यबाद ब्यक्त गरेका छन् l






Related

korea 3268236185569565319

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item