कोरियामा सन् २०१४ को न्यनतम ज्याला प्रति घण्टा ५२१० वन निर्धारण ।
https://nnkorea.blogspot.com/2013/07/blog-post_1143.html
नमस्ते नेपाल कोरिया सम्बाददाता l
दक्षिण कोरियामा आगामी बर्ष २०१४ को लागि मजदुरहरुको प्रति घण्टा न्युनतम ज्यालामा ३५० वनले बृद्धि भएको छ । । सन् २०१४ को लागि ७.२ प्रतिशत बृद्धि भएको छ l यो ज्याला वृद्धि यस बर्षको तुलनामा केहि प्रतिशत बढि हो l अब आगामी बर्ष हप्तामा ४० घण्टा काम गर्ने मजदुरहरुको मासीक ज्याला १०८८७९० हुनेछ ।यो निर्णय आज शुक्रबार बिहान ४ बजे न्युनतम ज्याला निर्धारण समितिको सदस्यहरुको ७ औ बैठकमा गरिएको हो । न्युनतब ज्याला निर्धारण समितिमा मजदुर पक्ष, सरकार पक्ष र ब्याबसायी पक्षको जम्मा २७ जना सदस्यहरुले प्रतितिधित्व रहेको हुन्छ ।
दक्षिण कोरियामा कोरियन प्रजातान्त्रिक मजदुर महासंघ केसिटियुले आगामी बर्ष सन् २०१४ को लागि मजदुरहरुको न्युनतम ज्याला प्रतिघण्टा ५९१०वन हुनु पर्ने माग राख्दै आइरहेको थियो l केसिटियुले मजदुरहरुको तर्फबाट प्रतिनिधित्व गर्दै मजदुरहरुको हकहितको लागि ज्याला बृद्धि ,लगायत विभिन्न मागहरु राख्दै कोरियामा लगातार सघर्ष गर्दै आईरहेको थियो l केसिटियुले सो माग पुरा गराउन सरकारलाई दबाब दिदै पनि आईरहेको थियो । तर केसिटियुले केहि लचिलो रुपमा प्रस्तुत भएपछि आगामी बर्षको लागि प्रति घण्टा ३५० वन बृद्धि भएको हो । सरकार र ब्यबसाय ब्यवस्थापन महासंघले केहि हप्ता अगाडि नै ज्याला बृद्धि नगर्ने भनि घोषणा गरि सकेको थियो । समितिको बैठकमा केसिटियुले आफुले माग गरे बमोजिम ज्याला बृद्धि गराउन दवाब दिन आफनो सदस्यहरु छलफल चलिरहेकै समयमा बैठकबाट बाहिरिएको थियो भने ब्यबसायीको सदस्यहरु बृद्धि गर्न नसकिने भन्दै बैठकबाट बाहिरिएको थियो । अन्तिममा मजदुर संघको दबाबको कारण समितिले ज्याला बृद्धि गर्न बाध्य भएको छ। तर केसिटियु यो बृद्धि भएको ज्याला प्रति असन्तुष्ट छ । साथै आफुले राखेको माग बमोजिम ज्याला बृद्धि गराउन नसकेको प्रति दुख व्यक्त गरेको छ । मजदुरहरुले जिउनकोलागि पर्याप्त ज्याला पाउनकोलागि आफनो संघर्ष जारि राखिने केसिटियुको भनाइ छ । कोरियामा न्युनतम ज्यालामा जिवनयापन गर्ने मजदुरहरु २५लाख६५ हजार छन । यस अगाडी न्युनतम ज्याला निर्धारण समितिको बैठकमा दुवै पक्ष आफ्ना कुरामा लचिलो नभए पछि बिना निष्कर्ष बैठक टुंगिएको थियो ।

Post a CommentDefault CommentsFacebook Comments