म्याग्दी समाज कोरियाद्वारा निर्मित म्याग्दी अस्पतालको आकस्मिक कक्ष हस्तान्तरण l

म्याग्दी समाज समिति दक्षिण कोरियाको सकृयतामा १६ लाख ७० हजार रुपैयाको लागतमा निर्मित म्याग्दी अस्पतालको आकस्मिक कक्ष जिल्ला अस्पताल म्याग्दीलाई सोमबार हस्तान्तरण गरिएको छ । समाजको अथक प्रयास र कोरियामा रहेका म्याग्देलीहरुको सहयोगमा ३ कोठे आकस्मिक कक्ष भवन निर्माण पूरा गरि अस्पताललाई हस्तान्तरण गरिएको हो ।
१ तारिख सोमबार बिहान म्याग्दी अस्पताल परिसरमा उद्दातन र हस्तान्तरण कार्यक्रम एक साथ राखिएको थियो । तीन कोठे आकस्मिक कक्ष भित्र आबश्यक खात र स्ट्रेचरहरु समेत राखिएको छ । म्याग्दी समाज समितिले गत साल देखि आकस्मिक कक्ष निर्माण सहयोगार्थ कोरियामा रहेका १८० जना म्याग्देलीहरु र १४ जना पर्वतेलीहरुबाट २ करोड २० लाख ४२ हजार ओन संकलन गरेको थियो ।
म्याग्दी कोरिया सम्पर्क समिति बेनीको आयोजनामा सम्पन्न आकस्मिक कक्षको उदघाटन र हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि रहनु भएका प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर कार्कीले प्रवासमा रहेर पनि जिल्लाको सामाजिक क्षेत्रमा दक्षिण कोरियामा रहेका म्याग्देलीले अनुकरणीय काम गरेको भन्दै भवनको सहि उपयोग गरि प्रभावकारी सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नु भएको छ ।

पर्याप्त पुर्वाधार र संरचनाको अभावका कारण सेवा प्रवाह प्रभावित बनेको म्याग्दी जिल्ला अस्पतालमा म्याग्दी समाज समिति दक्षिण कोरियाको यस पवित्र अभियानबाट पुर्वाधार थप भएपछि बिरामीहरुलाई केहि सहज हुने अपेक्षा गरिएको छ । म्याग्दी समाज समिति दक्षिण कोरियाका अध्यक्ष भरत तुलाचनले यस पवित्र अभियानलाई सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यबाद दिनु भएको छ ।

Related

korea 2114059957727634822

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item