सजिलो छैन कोरियामा कृषि l
https://nnkorea.blogspot.com/2013/07/l_201.html
निकुञ्ज तिवारी -सउल ,कोरिया l
बिहान ६ बजे उठ्यो, निदाउँदा–निदाउँदै नास्ता खायो । साढे ६ बजे काम सुरु गर्र्यो । दिउँसो १ बजे खाना खायो अनि साँझ ७ बजेसम्म लगातार काम ग¥यो । साढे ७ बजे कोठामा फक्र्यो । हत्तपत्त ल्यापटप खोल्यो– फेसबुक, युट्युब चलायो । नेपाली पत्रपत्रिकाका इपेपर र टेलिभिजनका दृष्य नियाल्यो, खाना बनायो र खाँदा–खाँदै निदायो ।
दक्षिण कोरियाको खेन्गिदोमा अवस्थित ‘फिनेल हाउस’ प्लास्टिकको घरभित्र लगाइएको तरकारीको एक परिकार ‘सान्छु’मा कार्यरत स्याङ्जाका विकास शर्मा (२१)को दिनचर्या हो यो । उनीजस्ता विश्वका १५ मुलुकबाट आप्रवाशी ‘अदक्ष’ कामदारका रूपमा दक्षिण कोरिया छिरेर कृषि फार्ममा काम गर्नेको साझा दैनिकी हो ।
रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कृषि भिसामा करिब आठ महिनाअघि आएका विकासको आठै महिनाको दिनचर्या यसरी नै बित्यो । महिनाका दुई शनिबारबाहेक अरु दिन उनले घाम–पानी, धूवाँ–धुलो, चिसो–न्यानो केही भन्न पाउँदैनन् । प्लास्टिकका छाना लगाएर बनाइएका घरभित्र अथाह मेहनत गरेबापत उनले नेपाली करिब ७० हजार रुपैयाँ आर्जन गर्छन् । त्यसमा पनि महँगो रासन–पानीलगायत अन्य खर्च कटौती गरी ५० हजार हाराहारीमा बचत गर्छन् ।
“कृषि भिसामा यहाँ काम गर्न अति गाह्रो छ, बिहान उठेदेखि बेलुकी नसुतुन्जेल गोरु जोतिएझैं जोतिनुपर्छ,” भन्छन्, “न खाना न त बस्नकै राम्रो व्यवस्था, त्यसैमाथि साहुको व्यवहारले दिक्क बनाउँछ ।” अनुहार अमिलो बनाउँदै उनले थपे, “नआउनु थियो आइहालियो, अब केही वर्ष दुःख गर्छु, नेपाल फर्कन्छु र तरकारी व्यवसाय गर्छु ।”
फिनेल हाउसमा गाह्रो भएर काम परिवर्तन गर्न साहुसँग अनुमतिपत्र माग्दा नपाएपछि झापाका धर्म लिम्बू (२३) ले साहुलाई कोरियन वन ५ लाख बुझाए र अनुमतिपत्र पाए । अहिले उनी कुखुरा फार्ममा कार्यरत छन् । बिहान उठेदेखि बेलुकी नसुतेसम्म हजारौं कुखुराको रेखदेख गर्नु, दानापानी दिनु र अन्डा उठाउनु उनको काम हो । “नेपालमा जे सोचियो, त्यसको ठीक विपरीत भोगियो,” उनले गुनासो गरे, “कृषि भिसावालालाई यो सरकारले ठगेको छ ।”
कोरियाको औद्योगिक क्षेत्रका रूपमा चिनिने थेगुस्थित सुँगुर फार्ममा कार्यरत पर्वतका २४ वर्षीय तन्नेरी कृष्ण नेपाली (नाम परिवर्तन)ले ‘घरमा टेन्सन हुने’ भन्दै सही नाम नलेखिदिन भने । उनले बस्तीभन्दा केही किलोमिटर टाढा जंगलनजिकै फार्ममा काम गर्छन् । “सहर त नेपाल गएजत्तिकै छ,” अनलाइनमा उनले भने, “यो ठाउँमा आउन ठूलै संघर्ष गरियो । के–के न पाइएलाजस्तो लाग्थ्यो तर अहिले व्यर्थ लाग्दैछ ।” पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातकोत्तर अध्ययन गर्दागर्दै कोरिया हानिएका उनको दैनिकी हो– सुँगुरलाई दानापानी दिनु, खोर सफा गर्नु र पाठापाठी स्याहार्नु ।
थ्रीडी– डर्टी, डेन्जर, डिफिकल्ट’ काम गर्नुपर्छ भन्दाभन्दै पनि कोरिया आउनु स्वयं व्यक्तिकै कमजोरी भएको बताउँछन् आन्सानको गाई फार्ममा कार्यरत तनहुँका कृष्ण केसी । “बिहान ४ बजेबाट राति ९ बजेसम्म गधाजस्तै खटिनुपर्छ, न खानाको न त आराम गर्ने समयकै ठेगान,” उनले भने, “खाडी मुलुकभन्दा पनि दुःख र बेहाल छ कोरियाको कृषि काम ।”
त्यसो त ख्वान्जुस्थित च्याउ कम्पनीमा कार्यरत सञ्जीव चुँडाल (२८) को दिनचर्या उनीहरूको भन्दा अलि पृथक छ । ईपीएसमार्फत कृषि भिसामै आएका उनलाई सुरुका दिन अति पट्यार लाग्थे । “फिनेल हाउसमा १२ घण्टा लगातार काम, १५ दिनमा एकदिन बिदा, भाषाको समस्या, खानपिनमा कठिनाइ र मालिकको व्यवहारलगायतका यावत कठिनाइ सामना गर्न अति गाह्रो हुन्थ्यो,” त्रिचन्द्र क्याम्पसबाट स्नातक उनी भन्छन्, “तुरुन्तै घर फर्कौं, स्नातकोत्तर थालौं र आफ्नै देशमा केही गरौं जस्तो लाग्थ्यो, तर बिस्तारै कामप्रति लगाव र परिश्रम गर्ने बानी विकास हुँदै गयो ।” केही समयपछि उनी फिनेल हाउसबाट च्याउ कम्पनीमा सरे । अहिले नेपाली १ लाख हाराहारीमा कमाउने चुँडालले भने, “धैर्य, परिश्रम र लगाव भएर काम गरे नेपालै रमाइलो ।”
ख्वान्जुकै च्याउ फार्ममा काम गर्ने नवलपरासीका तुलसी पौडेलले पेटमा समस्या देखिएका कारण उपचार बिदा माग्दा मालिकबाट दुव्र्यवहार सहनुप¥यो । ट्रकमा अन्डा लोड गर्दा क्यारेट ढलेर लमजुङका राम शर्मा गम्भीर घाइते भए । मालिकले सामान्य उपचार गरिदिए पनि उनले हात झम्झमाउने समस्या बढ्दै गएको बताए । रौतहटका सञ्जीव श्रेष्ठ चक्कर लाग्ने समस्याबाट पीडित भएको गुनासो गर्छन् । यहाँ काम गर्ने नेपालीको हालत दयनीय भए पनि दूताबासले कुनै चासो नदिएको उनीहरू बताउँछन् ।
यिनीहरू केही प्रतिनिधि पात्र हुन् । र, उनीहरूले यहाँ धेरै मेहनत गर्छन् । अनगिन्ती समस्या झेल्छन् । शारीरिक तथा मानसिक यातना पाउँछन् । समयमा तलब पाउँदैनन् । रोग लागेमा उपचार गर्न बिदा र आराम गर्न समय पाउँदैनन् । खाना बनाउने र खाने समयको पनि ठेगान हुँदैन ।
कोरियामा कृषि, पशुपालन तथा माछापालन क्षेत्रभित्र तरकारीमा च्याउ, भटमासको जरा, बुछुसाग, मिनारीसाग, सांछुसाग, लसुनप्याज र फलफूल पर्छन् । पशुपालनमा कुखुरा, बंगुर, गाई, कुकुर, मुसा, घोडा हुन् । यी क्षेत्रमा कृषि भिसा लिएर आउँदा आप्रवासी कामदारले सजिलै काम पाउँछन् ।
ईपीएस लागू भएपश्चात् कोरियामा कृषि, पशुपालन तथा माछापालनमा काम गर्न प्रत्येक वर्ष विभिन्न मुलुकसँगै नेपालबाट हजारौं युवा आउँछन् । उनीहरूमध्ये कतिपय यो क्षेत्रमा काम गर्न नसक्दा अवैधानिक तथा देश फिर्तै भएका उदाहरण छन् । यहाँको श्रम मन्त्रालयले विदेशी श्रमिकका लागि भिसा अवधिभर तीन वटासम्म काम परिवर्तन गर्न पाउने नियम बनाएको छ । तर, कृषि भिसामा आउनेहरू सितिमिति काम सर्ने अनुमतिपत्र पाउँदैनन् । पाए पनि उत्पादन क्षेत्रको दाँजोमा केही सेवा–सुविधाबाट बञ्चित हुनुपर्छ ।
नेपाल सरकारले गतिलो आयआर्जन गर्नसक्ने मुलुकका रूपमा लिएको दक्षिण कोरिया सोचेभन्दा ठीक विपरीत रहेको आउनेहरूको भोगाइ छ । यद्यपि, उत्पादनमूलक क्षेत्र भने राम्रै आर्जन गर्ने गन्तव्य बनेको छ । स्रोत : कारोबार डेली

Post a CommentDefault CommentsFacebook Comments