नेवा पुचः कोरियाले "रमाइलो पिकनिक-४ " को आयोजना गर्ने l

रमेश खावाजु ,सउल कोरिया l

 नेवारी तथा नेपाली कला संस्कृति जगेर्ना गर्ने तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको  नेवा पुचः दक्षिण कोरियाले आउँदो २०१३ जुलाई २१ तारिख आइतबारका दिन रमाइलो गर्मि पिकनिक कार्यक्रमको आयोजना गर्ने भएको छ l 
नेवा पुचः दक्षिण कोरियाले बिगत ३  बर्ष देखि गर्मि याममा मनोरंजन गराउने उदेश्यले रमाइलो पिकनिक कार्यक्रम गर्दै आइरहेको छ l यस बर्ष  देजन समुन्द्रको मनोरम ठाउँ बोरयोङ्ग मद्छुक्छेमा  हुन् लागेको पिकनिक कार्यक्रममा खेलकुद कार्यक्रम ,गित गाउने ,नाच गान गर्ने तथा मिठो नेवारी र कोरियन भोजनको ब्यबस्था गरिएको जानकारी सो पिकनिक कार्यक्रमका संयोजक रमेश श्रेष्ठले बताए l 
जुलाई  २१ तारिख बिहान सबेरै पिकनिक स्थल जाने भएकोले यस वर्ष पनि बिगतमा जस्तै जुलाई २० तारिख शनिबार बेलुका नेवाः पुचःको कार्यालयमा(जिन्गाक बौद्ध गुम्बा) सुत्ने ब्यबस्था गरिएको छ l कार्यक्रमको  सिट सिमित भएकोले सहभागी हुन् इच्छुक नेवा पुचःका सदस्यहरु तथा कोरियाबासी नेपालीहरुले जुलाई १४ तारिख सम्म पिकनिक शुल्क अनिबार्य रुपमा जम्मा गरि दिनु हुन अध्यक्ष नबिन बज्राचार्यले अनुरोध गर्नुभएको छ l

सम्पर्क तथा अन्य जानकारीको लागि :
नबिन बज्राचार्य - ०१० २४२० ०३८९
रमेश श्रेष्ठ - ०१० ३२६६ ९०३३
 निर्मल महर्जन - ०१० २८९१ ८६४२
संजन जोंछें ०१०- ५९२४२८३९
 बीरबहादुर डंगोल ०१० ४९५३ २९८४
 रमेश खावाजु ०१० ५९२४ ५५७१ 
अरुण श्रेष्ठ ( इपिएस छिन्गु )- ०१०  ५८१० ६५५३ 

नोट :
शुल्क : (कार्ड हुने साथीहरुले पिकनिकको शुल्क ४०,००० वन, सदस्य कार्ड नहुने साथीहरुलाई ४५,००० वन तथा महिलाहरुलाई बिशेष सहभागी गराउने उदेश्यले सहुलयत स्वरुप ३५,००० वन ) अनिबार्य रुपमा worry bank ...1002242506153 jonchhe sanjan जम्मा गरी यस संस्थाका कोसाध्यक्ष संजन जोंछें ०१०-५९२४२८३९ र सहकोषाध्यक्ष बीरबहादुर डंगोल ०१० ४९५३ २९८४ मा मेसेज गर्नु हुन हार्दिक अनुरोध गर्दछौं I 


Related

korea 6920269989747284569

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item