चितवन सम्पर्क समिति दक्षिण कोरियाले रमझम पिकनिक गर्ने l
https://nnkorea.blogspot.com/2013/07/l_8469.html
नमस्ते नेपाल कोरिया सम्बाददाता l
चितवनबासीहरुको साझा चौतारी रुपमा रहेको चितवन सम्पर्क समिति कोरियाले यहीं आउँदो २१ जुलाई २०१३ आइतवारका दिन रमझम पिकनिकको आयोजना गर्ने भएको छ l दक्षिण कोरियाको विभिन्न क्षेत्रमा रहेर संघर्ष गरिरहनु भएका नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई यस पिकनिक कार्यक्रममा अनिवार्य उपस्थिति जनाई दिनुहुन सो सस्थाका अध्यक्ष कमलप्रसाद अर्यालले आग्रह गर्नुभएको छ l यस पिकनिक सम्पादन समितिका संयोजक तथा निवर्तमान अध्यक्ष राजन श्रेष्ठले भब्य पिकनिकको तयारी गरिएको जानकारी गराउनु भयो l
यस पिकनिकको मुख्य लक्ष मनोरंजन नै रहने छ नाच- गान, मीठो भोजन र मित्र मिलनको त्रिवेणीमा चितवनवासीले भावना साटासाट गर्ने भएका छन् l स्वदेशमा परिवार , समाज र रास्ट्रको सहयोग पाइने तर यहाँ ती विशेषताको अभाव भएपनि यो प्रवासमा कसैले एक्लोपनको अनुभूति गर्नु नपरोस् भन्ने भावनासाथ चितवन सम्पर्क समिति गठन भएको हो l दुख- सुख आँसु - हाँसोमा हाम्रो साथ रहोस् यो त्याग र तपस्यपूर्ण जीवनमा परेका संकट समाधानका निम्ति हाम्रो हात अगाडि बढोस् l कुनै समस्या परेको अवस्थामा सहयोग गर्न सकियोस् l' असल मित्रको परीक्षा सङ्कट परेका बेला हुन्छ' भने झैँ चितवन सम्पर्क समिति असल मित्र बन्न सकोस् भन्ने उद्देश्यका साथ यो पिकनिक आयोजना गर्न लागिएको जानकारी गराइएको छ l
सधै कामको तनावबाट मुक्त भएर १ दिन भए पनि साथीहरूसँग रमाइलो गर्न सकियोस् जो जहाँ भएपनि एक दिन आफ्नो प्यारो गाउँ ठाउँ फर्कनु नै छl ' विदेश एकादेशको सपना हो २ दिनको झिलिमिली हो ' भनेर लक्ष्मीप्रसाद देवकोटाले भनेका कुरामा वास्तविकता छ , l हाम्रो यो जमघट ऐतिहासिक हुनेछ किनकि हामी चितवनवासी जहाँका भएपनि कुनै दिन चिया पसलमा हाम्रो भेट हुने छ क्याम्पस चौरमा हाम्रो भेट हुने छ हामी बिगतका तीता मीठा कुरा गरेर केही उत्साहित हुने छौ , कोरियाको विकासको रहस्य खोतल्ने छौं l र मिलेर कुनै व्यवसाय गरौं कुनै उद्योग खोलौ भन्दा पनि हाम्रो भावना मिलेमा अवस्य सफलता हासिल हुनेछ l प्रवासमा परेका समस्याको सामुहिक समाधान गर्न सकियोस् र नेपालमा पनि हाम्रो भवनाको गाँठो कसिलो हुदै जाओस् भन्ने उद्देस्यकासाथ यो पिकनिक आयोजना गर्न लागिएको जानकारी गराइयो l
चितवनलाई ७६ औ जिल्ला भनिन्छ अनेक विशेषताका कारण चितवनले छुट्टै अस्तित्व बोकेको छ lपचहत्तर जिल्लामा साथै सिक्किम आसम मेघालय र अनेक ठाउँबाट बसाई सरी हाम्रा अग्रजहरूले यहाँ आफ्नो थात वास जोडेका हुन् l अनेक जात जति र बिशेषता भए पनि एकताको सांग्लोमा कसिएका हामी चितवनवासी जहाँ गए पनि जहाँ भए पनि आफ्नो विशेषता छोड्ने छैनौँ यो एकता नै चितवनको विशेषता भएकाले दक्षिण कोरियामा पनि निश्चितरूपमा हाम्रो एकता र नाता निकै सुमधुर रहेको छ र यस बनभोज [पिकनिक ] कार्यक्रमले हामीबीच अझ मिठास थप्ने आशा गर्दै यो कार्यक्रम गर्न लागिएको जानकारी आयोजकले दिएका छन्l आफ्नो अमुल्य समय दिएर पिकनिकमा सहभागी हुने साथीहरूले निम्न व्यक्ति र टेलिफोन नम्बरमा सम्पर्क गरी आफ्नो विवरण टिपाउनु होला जस्ले गर्दा आयोजकलाई व्यवस्थापन गर्न सजिलो हुने छ भन्दै नाम र टेलिफोन नम्बर उल्लेख गरिदिनसमेत अनुरोध गरियो l
अन्य जानकारीको लागि सम्पर्क:
कमलप्रसाद अर्याल ०१०७७२२६१७५
राजन श्रेष्ठ -०१०२६९९२०३०
दुर्लभबन्धु पोख्रेल -०१०८६९९१२१६

Post a CommentDefault CommentsFacebook Comments