कोरियामा भएको कार दुर्घटनामा नेपालीको मृत्यु l

देवेन्द्र सम्बाहाम्फे सउल ,कोरिया 
  दक्षिण कोरियामा  भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । ईपीएस मार्फत रोजगारी गर्न ४ वर्ष १० महिनाअघि यहाँ आएका दाङ तुल्सीपुरका शैलेन्द्र थापाको बुधबार राति थेगुको ईल्याङ भन्ने ठाउँमा कार दुर्घटनामा परी मृत्यु भएको हो ।

थेगु भिजन चर्चका पास्टर अमृत थापा मगरका अनुसार मृतक थापा मंगलबार बेलुका काम सकेर नवराज न्यौपाने र विनोद बिक सहित कारमा घुम्न बाहिर निस्केका थिए । विनोद बिकको नाममा रहेको सो कार चितवनका नवराज न्यौपानेले चलाएका थिए । नजिकैको बजारमा मादक पदार्थ सेवन गरेर र्फकने क्रममा राति १२.३० बजेतिर न्यौपानेले इल्याङ भन्ने ठाउँमा उभिइरहेको ट्रकमा कार ठोक्काएका थिए ।  
बिक र न्यौपाने सुरक्षित रहे पनि फ्रन्ट सीटमा रहेका थापाको तत्काल उपचार हुन नसकेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हालसम्म अविवाहित मृतक थापा मत्स्यपालन भिसामा कोरिया आएर बिगत ४ वर्षदेखि मोबाइलको पार्टपूर्जा बनाउने देह्वा नामक कम्पनीमा अवैधानिकरुपले काम गर्दै आएका थिए । त्यहाँ २१ नेपाली कार्यरत छन् ।
थेगु ट्राफिक कार्यलयले सवारी साधन र चालक न्यौपानेलाई नियन्त्रणमा लिएको छ । न्यौपानेलाई हुने कारबाहीबारे हालसम्म निर्णय भइ नसकेको पनि पास्टर थापाले बताए । शव हाल स्थानीय अस्पतालमा राखिएको छ ।


Related

korea 2330451751492821880

1 commentDefault Comments

  1. illegal bhayera base pachi ali saawadhan hunu ko sato jhan drink garera hidnu na hune ho dherai careless bhaye cha

    ReplyDelete

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item