चुनाव किन र कसरी ?

कमलप्रसाद अर्याल l
संबिधान बनाउन कै निम्ति वा मिश्रित संबिधान बामपन्थी विचार धारा र  दक्षिण पन्थी विचार धाराको  मध्यममार्गी  धाराको जग  बसालेर  नेपाली जनभावना अनुरुपको संबिधान बनाउने  नयाँ नेपालको परिकल्पनासाथ वा अशान्ति ,हत्या हिंसा ध्वंस र अराजकता समाप्त गर्दै नयाँ नेपाल सिर्जना गर्ने  महान् आदर्शबाट  अभिप्रेरित भई गिरिजाप्रसाद कोइराला र  ने .क.पा  माओवादीका शीर्ष नेताबीच  छलफल भई  दरवारिया  तानाशाहको  अन्त्य गर्ने मूल उद्देस्य साथ  १२ बुंदे  सहमति भएको हो l स्थाई अवतरण   निश्चित नभएको अवस्थामा यो घटना र इतिहास ग्रयाण्ड डिजायन बन्यो बामपन्थी शक्ति र दक्षिणपन्थी दुवै  शक्तिको ग्रयाण्ड डिजायन  अथवा  प्रजातान्त्रिक शक्तिहरू पनि मूल धारमा ल्याउन उद्यत देखिए भने  यति उपलब्धि पश्चात्   नौलो जनवाद ल्याउन हामी  सफल हुनेछौं भन्ने  धारणा  माओवादीको  रहेको देखिन्छ l   माओबादी रहितको  आन्दोलनको झलक पनि  यही आखाँले देखेको  होl  निश्चित पार्टीका केन्द्रीय सदस्यहरूले  जुलुस लिकाले, जन समर्थन भएन   रत्नपार्कमा  जम्मा भएर मकैका  घोगा कोपर्दै   पार्टीको झन्डा खल्तीमा हालेर कुदेकै हो l त्यो घटनाबाट  म मा पनि राजनैतिक  निरासा आएको थियो  र आजसम्म म निराश छुl  मैले जुन भावनासाथ २०६३/६४ को आन्दोलनमा कलङ्कीदेखि  बल्खू सम्मको  स्वतन्त्र मोर्चा सम्हालेको थिएँ l १९ दिने  जन आन्दोलनको  मर्म बुझ्ने  भएर  बत्तीमा  पुतली होमिए झैं होमिएको  थिएँ  कान कै नजिकबाट  गएको गोली ले  आफूलाई सहिद घोषणा गरिसकेको  अवस्था थियो  त्यसको उपलब्धि भने  सुन्य  देखिएको छ l 
                 आज म निरास भए जस्तै  तमाम जनता निराश  छन्  यस्तो निरासामा संबिधान सभाको निर्वाचन   उपहास मात्र हुने निश्चित छ l त्यही लाचार अनुहार , असक्षम छवी,  अकुशल नेतृत्व  स्वार्थी  विचार लिएर   बुढो बाघले  सिकार खान  आसु  झारे जस्तो   गोहीको आँसु बगाएर अब जनताले पत्यार गर्ने छैनन् l अब त्यो  जन समर्थन पाउने  आशा नगर्दा  पनि हुन्छ l झाडा पखालाको  औषधि  कटौति गरेर  दुर्गम जिल्लाका भोकमरी पीडितका पेटमा लात हानेर   त्यो पैसाले निर्वाचन गराउनु नैतिक मूल्य विपरित कुरा हो l  अब निर्वाचन भएमा र पुरानै उम्मेदवारले उम्मेद्वारी दिएमा नैकताका आधारमा  असफल कार्यकालको तलब भत्ता फिर्ता गर्नु पर्छ l हिजो  संसद पुनर्स्थापना भएकै हो नजिर छl   आज संबिधान सभा  पुनर्जीवित  गराउन  सकिएला  र सक्नु पर्छ l नचाहिदो  राज्यभार बढाउनको  सट्टा  दुर्गम  क्षेत्रको  विकासमा त्यो रकम लगाउन सके  स्थाई विकास हुनसक्छ l जनजीविकाका  आधारभूत  आवस्यकता पुरा गर्न सकिन्छ l 'केटाकेटी आए गुलेली खेलाए मत्याँग्राको  सत्यनास' भनेजस्तो  देशलाई  केटा केटीको खेलौना बनाउने अख्तियारी  कस्ले दियो ?  माओवादीको केही  जत्था टुक्रिएको अवस्था छ यो बेला निर्वाचन  गराउन पाए  हाम्रो जित होला भन्ने धारणा कुनै दलमा आउन सक्छ त्यो भ्रम बाहेक केही हुने छैन l सबै दलको  सहमतिबिना निर्वाचन निर्वाचन असम्भब नै छ l   निर्वाचन  भएपनि  शान्तिपूर्ण र निस्पक्ष  हुने  कुरामा विस्वास  गर्ने  अवस्था  रहंदैन l 
      सहमतिको विकल्प छैन  बाबुराम भट्टराईको राजिनामाले  पनि  पार्टी र  जन भावना बिपरित   जानीनजानी   जन  युद्ध   बिपरित  जानु भन्दा   गल्ती सच्याउने  वा प्रयास्चित कै उपज हो  जस्तो  लाग्दैछ l यहाँ  निकै प्राबिधिक  जटिलता  छन l  गाई र  बाघ एकै ठाउमा  राखे पछि  घाँस र  मासु दुवै दिनुपर्छ l   पूर्व र  पश्चिम फर्किएको  खोलालाई दक्षिणतिर  बगाउन  प्रविधिको  आवस्यकता  प्रबिधि  तरलित हुन्छ   देख्नेले ग्रयाण्ड  डिजाइन भने  रहस्य   नबताई परलोक  गए l  यो चक्रब्यूह  तोड्न  अभिमन्यु नै चाहिन्छ  तर   पार्टी  स्वर्थलाई थाती  राखेर  रास्ट्रहितमा  जाने हो भने  दुई फरक  राजनैतिक दर्शनको  माध्यम मार्गी दर्शन  निर्माण गरी   नयाँ र  देशको  आवस्यकता  अनुकुल को  दर्शनका  आधारमा वा सहमतीय  आधारमा  जाँदा  निर्वाचन पनि सम्भव छ र निर्वाचनबिना  पनि  समाधान  निस्कन  सक्छ l आ-आफ्नो  ढोल पिटेर न निर्वाचन  सफल हुन्छ न त  निर्वाचनको औचित्य नै पुष्टि हुन्छ र  यसले  देशलाई कुनै  निकास पनि  दिदैन l 

Related

bichar 6651521107617418234

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item