कोरियामा नेपाली खेलाडीलाई पदक l
https://nnkorea.blogspot.com/2013/07/l_2898.html
देबेन्द्र सम्बाहाम्फे -सउल ,कोरिया l
कोरियाको छेजुदोमा भएको १३ औँ अन्तर्राष्ट्रिय स्र्पोट्स फर अल तेक्वान्दो च्याम्पीयनसीपमा नेपाली खेलाडी रवीन अधिकारीले रजत पदक र तारा पराजुलीले कास्य पदक हात पारेका छन् ।
गत आइतबार भएको खेलमा ५६ केजी मुनिको पुरुष समूहमा रवीनले स्पेन, मंगोलिया र चीनका खेलाडीलाई पराजित गर्दै रजत पदक जितेका हुन् । फाइनल प्रतिस्पर्धामा भने रवीनले कोरियाली खेलाडीलाई १०-७ ले सुम्पेका थिए ।
सोही प्रतियोगिताको महिलाको ४६ केजी मुनि समूहमा तारा पराजुलीले मंगोलिया र अमेरिकाका खेलाडीलाई पराजित गर्दै कास्य पदक प्राप्त गरेकी थिइन् । कोरियाली खेलाडीविरुद्धको सेमिफाइनलमा ताराले ७-५ ले पराजित भएकी थिइन् ।
तेक्वान्दो युनियन-नेपालका महासचिव राजकुमार कार्कीका अनुसार प्रतियोगितामा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ६० केजीमुनिको पुरुष समूहका कृष्ण श्रेष्ठ क्वाटरफाइनलमा कोरियाली खेलाडीसँग शनिबार पराजित भएका थिए । २१ राष्ट्रका तेक्वान्दो खेलाडी सहभागी भएको च्याम्पीयनसीप सोमबारसम्म संचालन भएको थियो ।

Post a CommentDefault CommentsFacebook Comments