माछापुछ्रे भलिबल रनिङ्ग कप प्रतियोगितामा प्रथम हुनेलाई ११ लाख वन l

सुरज गुरुङ ,सउल, दक्षिण कोरिया l

“खेलाडी राष्ट्रको गहना हो प्रवासी भूमिमा रहेका खेलाडीलाई सम्मान गरौं” भन्ने मुल सन्देश सहित कास्की परिवार दक्षिण कोरियाद्वारा यहि आउदो जुलाई १४ आईतावारका दिन “माछापुछ्रे भलिबल रनि¨ कप” आयोजना गरिने भएको छ । संस्थाका खेल्कुद संयोजक क्षेत्र गुरुङ्गको संयोजकत्वमा गठित उप समितिले कार्यक्रमलाई सफल बनाउनको निमित्त तयारी तिब्र रुपमा गरिरहेको जानकारी गराउनु भएको छ । उक्त कार्यक्रममा खेलकुद मार्फत राष्ट्रको निमित्त योगदान पु¥याउनु भएका विशेष महानुभावहरुलाई सम्मान गरिने पनि बताउनु भयो । “माछापुछ्रे भलिबल रनिङ्ग कप”मा प्रथम हुनेलाई नगद ११ लाख कोरियन वन, शिल्ड, मेडल, प्रमाण पत्र, द्धितिय हुनेलाई नगद ७ लाख वन, मेडल, प्रमाण पत्र, तृतिय हुनेलाई नगद ४ लाख वन, मेडल, प्रमाण पत्र रहेको छ भने, खेलकुद जगतमा अनुशासनको विशेष भहत्व रहने हुंदा कार्यक्रम अवधीभर अनुशासन रुपमा खेल प्रदर्शन गर्ने टीमलाई पनि १ लाख वन तथा प्रमाण पत्रले पुरस्कृत गरिने छ भने, उत्कृष्ट खेलाडीको पुरस्कार पनि नगद १ लाख वन र प्रमाण पत्र रहेको छ । सेमिफाईनलको प्रत्यक खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफद म्याचको उपाधी स्वरुप आर्थिक पुरस्कार प्रदान गरिने जानकारी संयोजक क्षेत्र गुरुङ्गले बताउनु भयो । उक्त कार्यक्रममा भलिबल खेललाई नियमबद्ध अनुशासित र मर्यादित रुपमा खेल संचालनको निमित्त राष्ट्रिय रेफ्री केशभक्त गुरुङ्गको नेतृत्वमा निर्णयक मण्डललाई जिम्मेबारी सुम्पिएको छ । साथै उक्त दिन मैत्रिपूर्ण महिला भलिबल खेल पनि खेलाईने हुदा ईच्छुक महिला भलिबल टीम पनि दर्ता गरिदिनुहुन दक्षिण कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा कास्की परिवार दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको सचिव  खोम गुरुङ्गले जानकारी गराउनु भयो ।

साथै उक्त भलिबल खेलको टाईसिट जुलाई ७ आइताबारको दिनमा दो¨देमुन स्थित नमस्ते ईन सउलमा गरिने भएकोले सम्पूर्ण सहभागि टिम वा संघसंस्थाहरुलाई निम्न मिति स्थान र समयमा उपस्थित हुन कास्की परिवार हार्दिक अनुरोध गर्दछौं ।

स्थानः नमस्ते ईन सउल दो¨देमुन
मितिः २०१३–०७–०७ आईतावार
समयः दिनको ठिक १२ बजे
सम्पर्कः 
नविन गुरुङ्गः ०१०–९४७१–४४५७
खोम गुरुङ्गः ०१०–२५११–११२४
क्षेत्र गुरुङ्ग: ०१०–३६९२–२७३०

Related

korea 6900995612666512608

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item