कोरियामा नेपाली दम्पत्तीले एकैसाथ विद्यावारिधि गरे l

देबेन्द्र सम्बाहाम्फे , दक्षिण कोरिया l
भाद्र १५ - दक्षिण कोरियाको प्रतिष्ठित विश्वविद्यालयबाट नेपाली दम्पत्तीले एकैसाथ विद्यावारिधि गरेका छन् । भक्तपुर चोछेका ओम सुवाल(पति)ले सनमुन विश्वविद्यालयबाट भौतिक शास्त्र तथा नानो विज्ञानमा र काठमाडौं मनमैजुकी पुनमाया महर्जन(पत्नी)ले सोल राष्ट्रिय विश्वविद्यालयबाट जैविक विज्ञानमा  विद्यावारिधि गरेका हुन् ।

उनीहरुलाई बिहीबार सम्पन्न ६७ औं दिक्षान्त समारोहमा उक्त विश्वविद्यालयका निर्देशक ह्वाङ सन जोले संयुक्तरुपमा विद्यावारिधि उपाधीले दीक्षित गरेका थिए ।
ओमले भौतिक शास्त्र र नानो विज्ञान अन्र्तगत 'इलेक्ट्रोन बिम माइक्रो कोलुमको लागि इन्जेल लेन्स्को डिजाइन' मा शोध अनुसन्धान गरेर उपाधि प्राप्त गरेका हुन भने पुनमायाले जैविक विज्ञान अन्र्तगत 'अराबिडब्सीसको बृद्धिमा अक्सिन र ब्रासिनो स्टेरोडको परस्परिक अन्र्तसम्बन्ध' बिषयको शोधपत्रबाट शीर्षकमा विद्यावारिधि गरेकी हुन् ।
कोरिया आउनु अघि विवाह गरेका उनीहरुले त्रिभुवन विश्वद्याविलयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका थिए भने सनमुन र सोल विश्वविद्यालयबाट छात्रबृति पाएर विद्यावारिधिको अध्ययन अनुसन्धान पूरा गरेका हुन ।

ओम सनमुन विश्वबिद्यायमा पोष्ट डाक्टरको रुपमा कार्यरत छन् भने पुनमायाले सोल विश्व बिद्यालय मै पोष्ट डाक्टरको नियुक्ति पत्र पाएकी छिन् ।
ओमको अनुसन्धानबाट इलेक्ट्रोन माईक्रोस्कोपमा प्रयोग हुने लेन्सको साईजलाई अब माइक्रोमिटर साईजमा झार्न सकेको छ । यस अनुसार डिजाईन र फेब्रीकेट गरेको लेन्सको साईज आवश्यकता अनुसार घटबढ गर्न सकिने भएको छ । उनका अनुसार इलेक्ट्रोन माईक्रोस्कोपमा नयाँ लेन्स प्रयोग गरेर हाई-किलोभोल्टको ईलेक्ट्रोन बिम सोर्स प्रयोग गर्न मिल्ने ई-बिम माईक्रोकोलुम बनाउन सकिने भएको छ । अहिले उनी ईलेक्ट्रोन बिम माइक्रोकोलुमको ईलेक्ट्रोस्टाटिक लेन्समा रिसर्च गरिरहेका छन् ।
विरुवाको वृद्धि बिकासमा महत्व राख्ने अक्सिन  र  ब्रासिनो स्टेरोइडको नामक दुई हर्मोनको अन्तर सम्बन्धबारे अनुसन्धान गरिरहेकी छिन् । पुन मायाको अनुसन्धानले उल्लेखित दुई हर्मोनको शष्लेषणमा भाग लिने जीनहरुको संचालनलाई समन्वय गरि विरुवाको बृद्धिलाई नियन्त्रण गर्न सकिने पत्ता लागेको छ ।

Related

photo 3361919915189992589

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item