कोरियामा बोल्दाबोल्दै नेपालीको मृत्यु l

देवेन्द्र सम्बाहाम्फे - सउल, कोरिया l
कोरियामा फोनमा बोल्दाबोल्दै एक नेपालीको मृत्यु भएको छ । रोजगारी गर्न यहाँ आएका सुनसरी मधेलि १ का दिपककुमार चौधरीको साथीसँग फोनमा बोल्दा बोल्दै मृत्यु भएको हो । आइतबार ३.५५ बजेतिर कम्पनि होस्टेलमा फोनमा बोलिरहेका बेला असहज भएपछि संगै रहेका साथीहरुले एम्बुलेन्स र प्रहरी बोलाएका थिए तर केहिबेर मै चौधरीको मृत्यु भएको बुटवलका कृष्ण थापाले बताए ।

चौधरी गत मे १ किम्हे औद्योगिक क्षेत्रमा रहेको हान टेक कम्पनीको कामदारको रुपमा कोरिया आएका थिए । मोटर पाट्र्स उत्पादन गर्ने सो कम्पनीमा अरु २ नेपाली कार्यरत छन् ।
शव बुसानको अस्पतालमा सोमबार परिक्षण गरिएको छ । प्रहरी र चिकित्सक प्रारम्भिक प्रतिबेदनमा चौधरीको मृत्यु हृदयघातका कारण भएको उल्लेख भए पनि हृदयघातको कारण उल्लेख गरिएको छैन । संगै रहेका साथीहरुले बताए अनुसार उनि मृगौला रोगि र उनको रक्तचाप असन्तुलित हुने गर्दथ्यो ।
२४ बर्षीय चौधरी अबिबाहित थिए । घटनाको जानकारी परराष्ट्र मन्त्रालय मार्फत परिवारलाई जानकारी दिइएको सोलस्थित नेपाली दूताबासका श्रम सहचारी अनिलकुमार गुरुङले बताए ।

Related

korea 3265490446581911225

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item