बाग्लुंग समाजका पूर्व अध्यक्ष पूर्ण काउचालाई बिसौनीले गीत सुनाएर बिदाइ गर्ने l


दक्षिण कोरियामा नेपालीहरुको मन मुटुमा बस्न सफल कोरियाकै चर्चित बिसौनी सांगीतिक समुहले बाग्लुंग समाजका पुर्ब अध्यक्ष पूर्ण काउचा मगरलाई सुमधुर गीतहरु सुनाएर बिदाइ गर्ने भएको छ। बिसौनी सांगीतिक समुहको स्थापना काल देखि नै नजिक रहेर माया,सहयोग,हौसला दिनुहुने काउचाको कोरियामा यो अन्तिम बिदाइ कार्यक्रम रहने छ|उहा अध्यक्ष रहदा ऐतिहासिक धौलागिरी सांगीतिक सौगात गरेर बिसौनी सांगीतिक समुहको औपचारिक कार्यक्रम,नाम र उद्देश्यको लागि ठुलो योगदान दिनुभएकोमा उच्च मुल्यांकन गर्दै उहाको उज्यालो भबिस्यको लागि कामना गर्दै नेपालीपन झल्काउने लोक दोहोरी गीतहरु सहित उहालाई बिदाइ गर्न लागिएको समुहकी सदस्य गायिका सरु पौड्यालले बताउनुभएको छ|सो दिन नेपाली महिलाहरुको महान चाड तीजको दर खाने दिन पनि परेको हुनाले सम्पूर्ण दिदी,बहिनी,दाजु भाइ तथा शुभचिन्तकहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
स्थान-शुभेच्छा रेस्टुरेन्ट दोंग्देमुन गेट नं-३ बाट १०० मिटर अगाडी
समय-राती-९ बजे देखि
सम्पर्क-सि पी मगर ०१०५८३८४३५८
जुनु गुरुङ-०१०९१४३४५५७

Related

mixnews 1800831231463450743

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item