हस्पितलको बेड बाट काभ्रे संपर्क समिती अध्यक्ष द्वारा कोरियामा रहनु भएका नेपाली समुदायमा अपिल l

मिङमार लामा ,दक्षिण कोरिया l
प्रवासी भूमि दक्षिण कोरियामा रोजगारी,ब्यबसाय,शिक्षा तथा अन्य विभिन्न  शिलसिलामा रहदै  आएका  सामाजिक  कार्यमा उत्साहित र जागरूक काभ्रेली युवाहरूको प्रयासमा सन् २०११ को शुरूवात संगै स्थापित "काभ्रे सम्पर्क समिति,दक्षिण कोरिया" ले स्थापनाकाल संगै कोरियामा सामाजिक.  सेवाका कामहरूमा अग्रसरता देखाउंदै आईरहेको कुरा यहांहरू सवैलाई सर्वबिदितै छ ।

   प्रवासमा रहंदा दु:खमा परेका नेपालीहरूलाई सहयोग गर्ने देखि नेपाली कलासंस्कृति, नेपाल  र नेपाली पहिचान चिनाउँदै आफ्नो राष्ट्र  र गृहजिल्लाको नाम उच्च बनाउँदै सामाजिक सेवाको  क्षेत्रमा सदैब अग्रसर हुदै प्रवासमा आर्जन गरेको आम्दानिको केही अंश गृहजिल्लामा रहेका अनाथ,असहाय,गरिब तथा पिछडिएका समुदायको शैक्षिक,आर्थिक र सामाजिक विकासमा सहयोग पुर्याउने उद्देश्य लिई सामाजिक परोपकारी कामहरुलाई निरन्तरता दिदै सक्दो सहयोग गर्ने योजना अनुसार जिल्लाका दुर्गम तथा पिछडिएका ग्रामिण भेगमा रहेका सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्याउने शिक्षा र स्वास्थ्य संग सम्वन्धित विषयमा काम गर्ने सामुदायीक संघ संस्थाहरुलाई सहयोग गर्ने अभियान अन्तर्गत सहयोग उपलब्ध गराउने प्रयास स्वरूप" काभ्रे सम्पर्क समिति दक्षिण कोरिया"ले परोपकारी सेवा एम्बुलेन्स सेवाको सहयोगार्थ आयोजित "भाग्यशाली चिठ्ठा कार्यक्रम" लाई सफल बनाइदिनु हुन कोरियावासी सम्पूर्ण  नेपाली दाजुभाई,दिदीबहिनी,श्रमिक,समाजसेवी,बुद्धिजिवी,खेलाडी,पत्रकार,शिक्षाबिद्ध, ब्यापारी, विद्यार्थी  तथा नेपाली समुदायका सम्पूर्ण संघसंस्थाहरुलाई हार्दिक अनुरोध गर्दछौ।  

  चिठ्ठा  कार्यक्रमबाट संकलित रकम साथै कोरियामा रहनु भएका बिभिन्न ब्यवसायायी ,श्रमिक,बिध्यार्थी तथा अन्य बिभिन्न पेशाकर्मीहरुबाट आर्थिक सहयोग गरी जम्मा भएको रकमबाट गृह जिल्लामा एउटा एम्बुलेन्स सहयोग गर्ने जानकारी गराउदछौं
  यसै सिलसिलामा गत जुन ३० तारिखको दिन सम्पन्न काभ्रे सम्पर्क समितिको स्वागत तथा सम्मान कार्यक्रमको भेलामा सबैको राय सल्लाह र सुझाब अनुसारनै काभ्रे जिल्लामा एउटा  एम्बुलेन्स प्रदान गर्नको लागि भाग्यशाली चिठ्ठा कार्यक्रम गर्ने सर्वसम्मतिमा निर्णय भएको थियो र सोहि दिन एन सि सि कोरिया द्वारा छुसकमा गरिने कार्यक्रम छनौट प्रकृया बाट यस पटक चिठ्ठा कार्यक्रम गर्न काभ्रे संपर्क समिति छनौट हुन  सफल भयो । यसै कार्यक्रमको भोली पल्ट बिहानै जुलाई १ तारिखको दिन बिहान काम गर्न जाने बेलामा कम्पनीको गाडीको ब्रेकफेल हुन गई यस संपर्क समितिका अध्यक्ष मन महेश भुजेल शक्त घाइते हुन पुग्नु भएको थियो यस घटनाले सम्पूर्ण कोरीयावासी नेपाली समुदाय र काभ्रेवासीहरू सवैलाई दुःखित बनाएको छ। अझै थप २-३ महिना अस्पतालमा नै उपचारको लागि बस्नु पर्ने अस्पताल श्रोतले जानकारी गराएको छ । उहाको देब्रे पाखुरा र घाँटिमा गहिरो चोट लागेको छ। यस् घटनामा अन्य दुई नेपाली साथीहरू सहीत एक कोरियन गाडी चालक पनि दुर्घटनामा पर्नु भएको थियो।
अध्यक्ष भुजेलले आफ्नो स्वास्थ्य स्थितिको करणले गर्दा सबैलाई भेटेर सहयोगको लागि अनुरोध गर्न नसकेको कारण सम्पूर्ण कोरियामा रहनु भएका नेपाली समुदायको संघ संस्था लगाएत नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई अस्पतालको बेड बाट नै कार्यक्रम सफल बनाउन सहयोग पुर्याईदिनुहुन अपिल गर्नु  भएको छ ।
यसै गरी उक्त संस्थाका संस्थापक अध्यक्ष तथा नेपाल योङ स्टार ग्रुपका अध्यक्ष यम श्रेष्ठले पनि यसै दिन पुण्य कार्यको एउतै उदेश्य लिएर आयोजना हुन  गइरहेको स्यांजा परिवार द्वारा आयोजित आधीखोला भाग  -4 साँस्कृतिक कार्यक्रम र  काभ्रे सम्पर्क समिति द्वारा आयोजित चिठ्ठा कार्यक्रम भव्यताका साथमा  सम्पन्न गराउन सबैले आ-आफ्नो ठाउबाट सक्दो सहयोग गरिदिनु   पनि बिनम्र अनुरोध गर्नु भएको छ ।
हामी सबै एक भएर अध्यक्ष मन महेश भुजेल को शिघ्र स्वास्थ्य लाभको कामना गरौ र काभ्रे सम्पर्क समितिको अठोट र संकल्प पुरा गर्न भाग्यशाली चिठ्ठा कार्यक्रम  भब्यताका साथ सफल सम्पन्न गर्नको निम्ती एकजुट भएर हातमा हात र साथमा साथ दिएर आजै देखी अघी बढौ ।  
 हामी सदैब यहाँहरूको सल्लाह,सुझाब,र सहयोगको अपेक्षा राख्दछौ । हामी कोरियामा रहनुभएका तपाई सम्पूर्ण नेपालीहरुकाे उपयुक्त राय सरसल्लाह अनुरुपनै अगाडी बढिरहने छौं ।                                                              
अन्त्यमा,हामी जागरूक नेपाली युवा हौं !!! यो परोपकारी अभियानमा सयौ पौरखी नेपाली युवाहरू सामेल भैसकेका छन अहिलेसम्म सामेल नभएको भए, तपाईं पनि सामेल भै हामी सबैको आत्मबल बढाइदिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।

Related

korea 4246487862884057410

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item