पहिचानको खोजीमा गायक सुनुवार l

गायक सागर सुनुवार
आफनो पहिचान खोज्दैं हिडिरहेका गायक सागर सुनुवार यतिबेला दोस्रो एल्बमको तयारीमा छन । राम्रो संभावना बोकेका यी गायक मिडियामा त्यति धाएनन जसको फलस्वरुप चर्चा बाहिर नैं रहे यद्दपि संगितलाई बिर्सन सकेनन । औपचारिकरुपमा २०६२ सालबाट संगितलाई अंगालेका सुनुवारले आधुनिक,लोक,पप गीत समेटेर पहिलो एल्बम  “तिमी”..निकाले । उनै गायक,संगीतकार सुनुवारसंग ऐश्वर्य श्रेष्ठले नमस्ते नेपाल कोरिया डट कमका लागि गर्नुभएको कुराकानी ।


आजभोलि के गदैं हुनुहुन्छ ?
दोस्रो एल्बमको अन्तिम चरणमा छु । ६ वटा गीत समेटेर एल्बम निकाल्ने तयारी गर्दैछु ।

तपाईका दर्शक, श्रोताले कहिलेसम्म नयां एल्बमका गीत सुन्न पाउछन ?
दशैं तिहार लगतै एल्बम रिलिज गर्ने सोंचका साथ काम गरीरहेको छु । निक्कै मेहनत साथ यो एल्बम तयार गर्दैछु, यो मेरो महत्वकांक्षी एल्बमको रुपमा लिएको छु ।

के छ त्यस्तो जो अघिल्लो एल्बममा थिएन ?
पहिलो कुरा त मैले आफनो कमीकमजोरीलाई हटाइ मेहनतका साथ काम गरीरहेको छु । फरक शैलीका गीतसंगितलाई समेटेको छु । सुफीगजल,आधुनिक,पप गीत श्रोताले यस एल्बममा सुन्नसक्नुहुनेछ ।

कतिवटा गीत रहनेछन यो एल्बममा, क कसका शब्द ,संगीत ?
छ वटा गीतमा संगितमा शिव मुखिया,धनु गंगमी, शब्दमा देवराज सुनुवार,मोहन खडका बांकी अरु सबैंमा आफनै शब्द,संगित रहेका छन ।

एल्बमको नाम के राख्नुभएको छ ?
अहिलेसम्म सोचेको छुइन ।

अहिले म्यूजिक भिडियोको जमाना छ तपाईको एल्बम रिलिजसंगैं भिडियो पनि आउछ कि ?
मैंले तिमी।। बाट पनि तिमीले छाडी गएपनि को म्यूजिक भिडियो बनाएको थिए । दर्शक,श्रोताले त्यसको म्यूजिक भिडियो यू टूबमा हेर्न सक्नुहुनेछ भने नयां एल्बमबाट मर्ने थिए तिम्रैं निम्ति बोलको गीतको म्यूजिक भिडियो आउनेछ ।

तपाई गीत किन गाउनुहुन्छ ?
म आत्मसन्तुष्टिको लागि गीत गाउंछु, श्रोताको साथ पाएभने व्यावसायिकरुपमा भष्वियमा संगितमा लाग्ने योजना बनाएको छु ।

अन्तमा श्रोता, दर्शकलाई के भन्नुहुन्छ ?
मेरो गीतसंगीतलाई माया गर्नुहुने सम्पूर्ण श्रोता,दर्शकलाई धन्यवाद, साथैं बजारमा चांडैं आउन लागेको एल्बमलाई अझ मायाममता दिनुहुनेछ ।

Related

intervie 1859352032431124240

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item