एनआरएन कोरियाको चौथो महाधिवेशनमा सहभागी हुन कोरियावासी नेपालीहरुलाई अनुरोध l


आदरणिय कोरियावासी नेपाली दाजुभाइ तथा दिदीबहिनिहरु,

नमस्कार!



कोरियाका लागि नेपाली राजदूत महामहिम कमान सिंह लामा ज्यूको प्रमुख आतिथ्य तथा गैर-आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष श्री जिवा लामिछने ज्यूको विशेष आतिथ्यमा भव्यताका साथ सम्पन्न हुन गैरहेको गैर-आवासीय नेपाली संघ कोरियाको चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अवगत गराउंन चाहन्छौं। यस चौथो महाधिवेशनमा अष्ट्रेलियावासी सफल नेपाली व्यवसयी श्री शेष घले ज्यूको पनि सहभागिता हुने कुरा अवगत गराउंदै, निम्म मिति, समय र स्थानमा आयोजना हुन गैरहेको संघको चौथो महाधिवेशनमाभाग लिनु भई गैर-आवासीय नेपालीहरुको यस साझा संगठनलाई सुदृढ गर्ने कार्यमा सरिक बनिदिनुहुन कोरियावासी सम्पूर्ण नेपाली समुदायलाई एनआरएन कोरिया हार्दिक अनुरोध गर्दछ।उक्त दिन एनआरएनए अध्यक्ष श्री जीवा लामिछानेज्यूद्वारा एनआरएनएको सामुहिक लगानि अवधारणा एवं एनआरएन ईन्भेस्टमेन्ट लिमिटेडले लगानी गरेको दोर्दी खोला हाईड्रो पावर परियोजना सम्बन्धि एक प्रस्तुति गर्नुहुने र कोरियाबाट एनआरएन ईन्भेस्टमेन्ट कम्पनि लिमिटेड मार्फत लगानी गर्नुहुने शेयर धनीहरुको प्रमाण-पत्र समेत वितरण गरिने कर्यक्रम रहेको हुंदा उपस्थित भैदिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।साथमा चौथो महाधिवेशनको कार्यतालिका पनि यसै सूचनाका साथ संलग्न गरिएको अवगत गराईन्छ।



 पुनश्चः चौथो महाधिवेशन हुने मिति, समय र स्थान निम्न अनुसार रहेको छ।

मितिः २०१३ अगस्ट ११ तारिख आईतबार

समयः दिनको १२ बजे

स्थानः दोङ्गुक युनिभर्सिटी (सबवे लाईन नं ३को दोङ्दे ईप्गु स्टेशनको गेट नं ६ बाट निस्किनु पर्नेछ)





Ø  कार्यक्रमको बारेमा थप जानकारी लिनु परेमा कार्यसमितिका निम्न व्यक्तिहरुलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।


के.पी. सिटौलाः 010-4767-5248,
राजु क्षेत्रीः 010-5098-7604,
प्रकाश धमलाः ०१०-२७२०-३१२९

निर्मल थपलियाः 010-7708-2591,
मनोज डांगीः 010-3817-1968

 धन्यवाद्।

 गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कोरिया

तेश्रो कार्यकारिणि समिति







Related

korea 8846768588013343393

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item