जलविद्युत लगानीमा कोरियाबाट छ करोड l
https://nnkorea.blogspot.com/2013/08/l_5428.html
निकुञ्ज तिवारी ,सउल, दक्षिण कोरिया l
गैर आवाशीय नेपाली संघठन (एनआरएन) ले करिब पाँच अर्ब लागानीमा संचालन गर्न लागेको जलविद्युत परियोजनाका लागिकोरियाबाट छ करोडभन्दा बढिरकम संकलन भएको छ।
नेपालमा बढ्दो लोडसेडिङलाई केही मात्रामा भएपनि घटाउने उद्धेश्य अनुरुप एक सय मेगावाट बिद्युत उत्पादन गर्न गैर आवाशीय नेपाली संघठन अन्तराष्ट्रिय समन्वय परिषद्ले आह्वान गरे अनुसार कोरियामा उक्त रकम संकलन भएकोएनआरएन कोरियाका अध्यक्ष केपी सिटौलाले जानकारी दिए।
यहाँका करिब एक सय ५० जना एनआरएनहरुबाट उक्त रकम संकलन भएको सामुहिक लगानी समिति कोरियाका संयोजक विनोद कुँवरले जानकारी दिए। उनका अनुसार अधिकांश लगानीकर्ताहरु मजदुर र व्यवसायी छन्।
जलविद्युत परियोजना सन्चालन गर्नका लागि गैर आवासीय नेपाली संघ (एनआरएन) द्धारा नेपालमा एनआरएन इन्भेष्टमेन्ट लिमिटेड नामक कम्पनी गत भाद्र महिनामा र्दता गरिएको थियो । सो कम्पनीको संस्थापक शेयर लिन एनआरएन कोरियाले यहाँ रहेका नेपालीहरुसँग गत डिसेम्बर १६ देखि ३१ सम्म आफूले लगानी गर्न चाहेको रकमको २५ प्रतिशत हिस्सा नेपाल पठाउन आग्रह गरेको थियो। ब्यक्तिगत र सामूहिक रुपमा जम्मा गरिएको रकमको बाँकी प्रतिशत करिब छ महिनाभित्र जम्मा गर्नुपर्ने प्रावधान छ।
न्यूनतम एक लाखदेखि एक करोड रुपैयाँसम्म लगानी गर्न सकिने एनआरएनको उद्घोष अनुसार अवको केही महिनाभित्र जलविद्युत परियोजना निर्माण सुरु गरिने बताइएको छ।

Post a CommentDefault CommentsFacebook Comments