कोरियमा लिम्बु चलचित्र "माराम " प्रदर्शन गर्ने l
https://nnkorea.blogspot.com/2013/08/l_1521.html
देबेन्द्र , सम्बाहाम्फे - सउल ,दक्षिण कोरिया l
लिम्बु चलचित्र 'माराम' (मूलबाटो) कोरियामा देखाइने भएको छ । कोरियाली पर्व छुसकको अवसर पारेर किराँत याक्थुङ चुम्लुङ कोरियाले आउँदो सेप्टेम्बर २१ मा सोल यक्सु नजिकै रहेको छुगु छान्गसङ हलमा प्रदर्शन गर्न लागेको हो । चलचित्र प्रदर्शनबाट उठेको सबै रकम आपत्कालीन कोष स्थापना गरिने चुम्लुङका अध्यक्ष भीम चेम्जोङ बताए । कार्यक्रम भव्य बनाउन विभिन्न समितिमार्फत टिकट वितरण गरिसकिएको पनि चेम्जोङ बताए ।
लिम्बुनी फिल्मस् प्रालिले प्रस्तुत गरेको 'माराम'को विषयवस्तु लिम्बु संस्कृतिमा आधारित छ । लिम्बु समाजमा व्याप्त बलिपूजा गर्ने र नगर्ने सम्प्रदाय बीचको द्वन्द्वलाईर् उजागर गर्दै समाधानको उपाय दिन खोजिएको बताइएको छ । रोहित थेबे, माया तुम्बापो, प्रेम सुब्बा, बबिता नेयोहाङ, नरविल नेम्वाङ, गोमाहाङ चेम्जोङ, शान्तिराम फेवदेन र मलिसा याक्थुङवा लगायत कलाकारहरूको मुख्य अभिनय रहेको 'माराम' अर्को साता अस्ट्रेलियामा पि्रमियर शो हुँदै छ । पाँचथर, इलाम काठमाडौंमा छायांकन गरिएको फिल्म सूर्यप्रकाश चेम्जोङले लेखन तथा निर्देशन गरेका हुन् ।

Post a CommentDefault CommentsFacebook Comments