रुपन्देही समितिद्वारा कोरियामा संकलित राहत रकम गैरेको परिवारलाई हस्तान्तरण l

बिरेन्द्र सुनार - सउल ,दक्षिण कोरिया l
 रुपन्देही सम्पर्क समितिले पत्रकार सम्मेलन गरि संकलित राहत रकम नेपालमा गैरे परिवारलाई हस्तातरण गरियो । दक्षिण कोरियाली भूमीमा काम गर्ने सिलसिलामा आएका रुपन्देही निवासी स्व.सोम कुमार गैरे आई अवैधानिक रुपमा काम गरिरहेको अवस्थामा हुद्दयधात भई असमाहिक दुःखत निधन भएको थियो । उक्त दुःखद धटनालाई रुपन्देही सम्र्पक समिति द.कोरियाले अति गम्भिर रुपमा लिएर सबै समस्या हल गर्ने सम्बन्धमा मुख्य भूमिका एवं जिम्मेवारी लिई जिम्मेवारी पूरा गरेको छ । स्व.सोम कुमार गैरेको राहत तथा दाहस्ंकार का लागि आर्थिक संकलन कोरिया बाट आहवान गरिएको मा जम्मा रकमको ४० लाख वन अर्थात रु ३,४६,३०० नेपाल मा एक कार्यक्रम बिच हस्तातरण गरियो । उक्त रकम नेपालमा रुपन्देही सम्र्प समितिका वर्तमा कार्य समिति सदस्य सन्तोष उपाध्यले जिम्मा लिई पत्रकार एवं सञ्चार माध्यमहरुके उपस्थितिमा र पूर्व द.कोरिया एन सि सिका अध्यक्ष एव.अंकुर नेपालका संस्थापक र फयूर वाईट बोडि.ग स्कुल भैरहवाका प्रिन्सिपल गम्बिर गुरुड.को रोबरमा विश्व विकास बौकको मुद्दती खातामा खाता न. ००५०००१५४०८ भैरहवा शाखा सुसान्त गैरे निजको नाता (छोरा)को नाममा जम्मा गरि तिन तिन महिनामा ब्याज लिई उकत रकम अध्ययनमा खर्च गर्ने सक्ने गरि हस्तान्तरण गरियो । गैरेको दाहसंस्कारमा कोरियामा भएका संस्था तथा व्यतिहरुको सहयोगका जम्मा रकम कुल ५५१३००० वन म थियो भने विविध कार्यमा खर्च भएको रकम १५१३००० वन ।उक्त सार्वजनिक कार्यक्रमका नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिरेन्द्र सुनार, कोषाध्यक्ष कृष्ण बस्याल, सचिव विशाल गहतराज तथा सदस्य कृष्ण गुरुड. लागयत रुपन्देही सम्र्पक समितिका पदाधिकारी हरुको उपस्थिती थियो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिरेन्द्र सुनार ले यस्तो पवित्र कार्यलाई व्यवस्थित तथा मर्यादित गरि सर्वाजनिक गरिएको मा धन्यवाद दिदै गैरे को आत्मालाई चिर शान्तिको कामना गर्नु भयो ।
एन सि सि का पूर्व अध्यक्ष तथा अंकुर नेपालका संस्थापक र फयूर वाईट बोडि.ग स्कुल भैरहवाका प्रिन्सिपल गम्बिर गुरुड.ले स्व. सोम कुमार गैरेका बाल बच्चालाई निशुल्क अध्यापनका लागि सहयोग गरि दिने भएका छन । भने अरु अन्य संस्थाहरु बाट पनि सहयोग प्रदान गरियो । रुपन्देही सम्र्पक समितिले यस पूण्य कार्यमा सहयोग गरि दिनु भएकोमा कोरियामा भएका सम्पूर्ण संघ सस्था तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरि दिने हातहरुमा धन्यवाद दिनु भएको छ । उक्त कार्यक्रम हेप्पीकुक रेष्टुरेन्ट मा गरिएको थियो भने कार्यक्रमका सञ्चालक गणेश न्यौपानेले गरेका थिए ।

Related

photo 5906929867454625506

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item