८ हजार दक्षिण कोरियाली HIV संक्रमित l
https://nnkorea.blogspot.com/2013/09/hiv-l.html
दक्षिण कोरियामा लगभग ८ हजार HIV संक्रमित भएको एक तथ्याङक सार्वजनिक गरेको छ । आज सार्वजनिक गरेको तथ्याङकमा ७,७८० जनामा HIV रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन । रोग नियन्त्रण तथा संवद्धन केन्द्र कोरियाको अनुसार १९८५ देखि २०१२ सम्ममा ९,४१०जना HIV संक्रमित कोरियन मध्ये १६२२ जनाको मृत्यु भैंसकेको छ । गत बर्ष मात्र ६०महिला,८०८ पुरुष HIV बाट संक्रमित भएका थिए । रोग नियन्त्रण तथा संवद्धन केन्द्र कोरियाले बताए अनुसार ८६८ मध्ये ५४१ जनामा यौंनसंपर्कद्धारा HIV भएको बताइएको छ । कोरियामा कार्यरत ८५ जना विदेशीमा HIV भएको तथ्याङकमा उल्लेख छ । यद्दपि तिनीहरु कुन देशका हुन बताइएको छैंन । HIV को अहिलेसम्म उपचार पत्ता लागेको छैंन । बिरामीको राम्रो हेरचाह समयमा उपचार गरेमा AIDS हुनबाट केही हदसम्म रोक्न सकिन्छ । २०११ को विश्व तथ्याङक हेर्दा विश्वमा ३.४ मिलियन मानिस HIV/AIDS बाट संक्रमित रहेकामा १=७ मिलियनको मृत्यु भैंसकेको छ ।
Post a CommentDefault CommentsFacebook Comments