एनआरएन ईन्भेष्टमेन्ट कम्पनिको दोश्रो किस्ता रकम अक्टोबर २५ सम्म बुझाउनुपर्ने l



एनआरएन ईन्भेष्टमेन्ट कम्पनिको दोश्रो किस्ता शेयर बराबरको रकम आउने अक्टोबर २५ सम्म बुझाउनुपर्ने एनआरएन कोरियाले आज एक सुचना प्रकासित गरि जनाएको छ |

सुचना 

 एनआरएन ईन्भेष्टमेन्ट कम्पनी मर्फत जलविधुतको क्षेत्रमा  संस्थापक शेयर घनीको रुपमा लगानी गर्नुहुने सम्पूर्ण कोरियावासी नेपालीहरुले कोरियाबाट आफ्नो शेयर प्रमाण पत्र संकलन गर्ने अन्तिम मिति आगामी सेप्टेम्बर ८, २०१३ सम्म मात्र रहेकोले उक्त समयभित्र शेयर धनीको प्रमाण पत्र संकलन गर्नुहुन सम्बन्धित शेयर धनीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। एनआरएन कोरियाको चौथो महाधिवेशन स्थलमा विरतण गरेर बांकी रहेका शेयर प्रमाण पत्रहरु आगामी सोमबारसम्म आनिवार्य रुपमा एनआरएन ईन्भेष्टमेन्ट प्रा. लि. को कार्यालयमा फिर्ता पठाउनुपर्ने भएकोले आगामी (आईतबार) सेप्टेम्बर ८, २०१३ सम्म आफ्नो परिचय खुल्ने प्रमाणपत्र (नागरिकता, राहदानि, एलिएन कार्ड) सहित शेयर धनी स्वयं उपस्थित भई निम्न अनुसार आफ्नो प्रमाण पत्र संकलन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।

१.       प्रमाणपत्र संकलनको लागि एनआरएन कोरियाका अध्यक्ष विनोद कुंवर (०१०-२७२०-३१२९) र महासचिव प्रकाश धमला (०१०-२७२०-३१२९) लाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

२.       प्रमाण पत्रमा शेयर धनीले हस्ताक्षर गर्नुपर्ने र हस्ताक्षर गरेको प्रमाणपत्रको अर्धकट्टी नेपाल पठाउनुपर्ने भएकोले प्रमाण पत्र-संकलनको लागि शेयर धनी स्वयं उपस्थित हुनुपर्नेछ। अन्य व्यक्तिको उपस्थितिमा प्रमाण पत्र वितरण गरिने छैन।

३.       विशेष कारणवस आगामी आईतबारसम्म कोरियाबाट आफ्नो शेयर प्रमाण पत्र संकलन गर्न नसक्ने शेयर धनीहरुको शेयर प्रमाण पत्र नेपाल स्थित एनआरएन ईन्भेष्टमेन्ट कम्पनिको कार्यालयमा सुरक्षित रहने छ र कुनैपनि बेला कम्पनिको कार्यालयमा उपस्थित भई आफ्नो प्रमाण पत्र संकलन गर्न सकिने कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

कुल शेयर बापतको दोश्रो किस्ताको थप रकम संकलन गरउने सम्बन्धमाः

एनआरएन ईन्भेष्टमेन्ट कम्पनिले जारी गरेको सूचना अनुसार यसअघि पहिलो किस्तामा आफूले कबुल गरेको कुल लगानी रकमको २५ प्रतिशत रकममात्र जम्मा गराउनुहुने शेयर घनीहरुले दोश्रो किस्ताको रकम (कुल लगानी रकमको २५ प्रतिशत रकम) आगामी अक्टोबर २५ तारिखसम्म पहिलो किस्ताको रकम जम्मा गराउंदा प्रयोग गरिएको एनआरएन ईन्भेष्टमेन्ट कम्पनीको नाममा रहेको बैंक खातामा जम्मा गरी सक्कल भौचरको साथमा कम्पनिले तयार गरेको शेयर खरिद गर्न पाउं भन्ने आवेदन पत्र एनआरएन ईन्भेष्टमेन्ट कम्पनीमा पेश गर्नुहुन अनुरोध गरिन्छ। यसअघि कुल १ लाख रुपैयां मात्र लगानी गर्ने प्रतिबद्दता जनाउनुभएका शेयर धनीहरुले भने थप रकम जम्मा गर्नु पर्ने छैन। थप रकम संकलन गराउने सम्बन्धमा कुनै जिज्ञासा भएमा एनआरएन कोरियाका पदाधिकारीहरु तथा नेपाल स्थित एनआरएन ईन्भेष्टमेन्ट कम्पनीमा सम्पर्क गर्न सक्नुहुनेछ।



धन्यवाद् ।



एनआरएन कोरिया

चौथो कार्यकारिणि समिति

Related

korea 4251037990831301151

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item