तमू धीं कोरियाको साधरण सभा सेप्टेम्बर २२ मा हुने l

सुरज गुरुङ्ग ,सउल, दक्षिण कोरिया l
तमू धीं  कोरियाको छैठौं साधारण सभा (अधिवेसन) यही सेप्टेम्बर २२ तारिख दोङ्गदेमुनको छाङ्गसिन २ दोङ्ग सामुसो हेग्वानमा हुने भएको छ । धीं को का.वा. अध्यक्ष भू बहादुर गुरुङ्गको अध्यक्षतामा आºनै कार्यलय सिन्सल दोङ्गमा बसेको बैठकले सो निर्माण गरेको हो । बैठकमा साधारण सभा सम्बन्धि विबिध विषयहरुमा गम्भिर रुपले छलफल गरि निर्णय गरे अनुसार द. कोरियामा रहेका कुनै पनि तमू समुदायले तमू धीं द. कोरियाको विधि विधान उद्धेश्य र कार्ययोजनालाई सहर्ष स्वीकारी नयाँ सदस्यता लिन चाहनेहरुका लागि तथा नविकरण गर्ने सदस्यहरुका लागि साधारण सभाको बन्द सत्र शुरु हुनु पूर्वको समय सम्म र उमेदवारी दिन चाहनेहरुका लागि तथा नविकरण गर्ने समय सम्म र उमेदवारी दिन चाहने उमेदवारहरुको हकमा यही सेप्टेम्बर १५ भित्रमा सदस्यता लिई सक्नु पर्ने साथै विधानले पारित गरे बमोजिमको हुनु पर्ने कुरा सचिव प्रितम गुरुङ्गले जानकारी दिएका छन ।
तमू धीं द. कोरियाको साधारण सभाबारे यस भन्दा पहिला पटक पटक मिति घोषणा गरि आयोजना कमिटि समेत गठन गरि सकेको अवस्थामा पनि विबिध कारण बस तोकिएको मितिमा सम्पन्न गर्न नसकेको भनी बैठकमा चर्का चर्की रुपमा छलफल भए पछि यहि सेप्टेम्बर २२ मा हुन गईरहेको छैठौं साधारण सभा तोकिएकै मितिमा जुनै हालतमा पनि सुनिश्चितताका साथ सम्पन्न गर्ने गराउने भनि सर्व समितिबाट निर्णय गरेको छ । यसै गरि धीं का पूर्व अध्यक्ष रामकाजी गुरुङ्ग स्वदेश फर्कि सकेको अवस्थामा रिक्ता रहेको मुल आयोजक कमिटिको संयोजकमा का.वा. अध्यक्ष भू बहादुर गुरुङ्गलाई पदस्थापना गर्दै बाँकी पूर्व चयन गरि सकेको विभिन्न विभागिय उप कमिटीका संयोजकहरुलाई नै बैठकले पूर्ण समर्थन जनाउदै पहिलो सत्रको कार्यक्रमबाट वर्तमान कमिटि भंग भएको घोषणा पश्चात र बन्द सत्र शुरु हुनु पूर्व छैठौं साधारण सभाको निर्वाचन कमिटि यसै आयोजक कमिटिबाट नै चयन गरिने कुरा पनि बैठकले निर्णय गरेको जानकारी दिएको छ ।
साथै तमू धीं  कोरियाले आºनो छैठौं साधारण सभामा सहभागी बन्न तथा साधारण सदस्य नलिएकाहरुलाई समयमै सदस्यता लिन र लिई सकेकाहरुलाई नविकरण गर्नका लागि विभिन्न सिलसिलामा द. कोरिया रहनु हुने सम्पूर्ण तमू दाजुभार्इं तथा दिदीबहिनीहरुमा  हार्दि अनुरोध गरेको छ  ।

छैठौ साधारण सभा हुने
मिति: २०१३ सेप्टेम्बर २२
समय: दिनको ठिक १२ बजे
स्थान: छाङ्गसिन २ दोङ्ग सामुसो हेग्वान (दोङ्गदेमुन)
सम्पर्क नं.
भू बहादुर गुरुङ्ग ०११–३३१–५२७०
भिम गुरुङ्ग ०१०–५२९७–८८५०
ईश्वर गुरुङ्ग ०१०–३५५०–६८७३
बेल गुरुङ्ग ०११–९०२२–८२८०
प्रितम गुरुङ्ग ०१०–८६९५–७७९८
सुरज गुरुङ्ग ०१०–८३८२–४३४३
भिम गुरुङ्ग ०१०–२२७०–३०४०
नविन गुरुङ्ग ०१०–९४७१–४४५७
क्षेत्र गुरुङ्ग ०१०–३६९२–२७३०
दल ब. गुरुङ्ग ०११–२२०४–१९७७
केश भक्त गुरुङ्ग ०१०–०१०–४०३२–२०४३
धर्म गुरुङ्ग ०१०–५६६५ २३४८
कृष्ण गुरुङ्ग (ब्रो) ०१०–६५२५–१८९९
हिमानी गुरुङ्ग ०१०–७६४४–२३४७

Related

korea 8187808418451592129

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item