नेपाली साहित्य समाज दक्षिण कोरियाको अध्यक्षमा प्रविण राई l
https://nnkorea.blogspot.com/2013/09/l_5251.html
झबिन्द्र बेलवासे , दक्षिण कोरिया l
नेपाली साहित्य समाज दक्षिण कोरियाको बैठक सम्पन्न भएको छ ।
सेप्टेम्बर १ तारिक आइतबारका दिन सुवन स्थित होटेल स्यम्भुमा भएको उक्त भेलाले नेपाली साहित्य समाज दक्षिण कोरियाको बिधान पारित गर्नुका साथै उक्त संस्थाको बार्षिक उत्सब भव्यताका साथ मनाउने निर्णय गरेको छ । साथै नयाँ कार्यसमिति पनि गठन गरिएको छ ।
जसमा अध्यक्षमा प्रबिण राई, उपाध्यक्षमा -अनिल शर्मा सुबेदी र कल्पना राई, सचिब - झबिन्द्र बेल्बासे, सह सचिब सुबास सापकोटा, कोषाध्यक्ष-निश्चल काउछा सदस्यहरुमा सरोज खड्का हरिसरण न्यौपाने, युबराज दाहाल कोपला राई, सुबास भुजेल, डी आर भुजेल र जिबन पौडेल समिल्लित समितिको गठन गरेको छ जसको सल्लाहकारहरुमा प्रगति राई , दिनेश राई, डम्बर सुब्बा, रघु त्रिपाठी, र रुद्र शर्मा रहनु भएको छ ।
उक्त बैठकमा दिनेश राइले संस्थाको बिधान पढेर सुनाउनु भएको थियो साथै आफ्नो कार्यकाल समाप्त गरी नेपाल फर्कने यस संस्थामा योगदान दिनुहुने सिसिर पाण्डे र बिरेन्द्र गुरुङलाइ सम्मान का साथ बिदाइ गरिएको थियो साथै उक्त सस्थाको बार्षिकोत्सव यहि सेप्टेम्बर १८ तारिक मनाउने निर्णय गर्नुका साथै उक्त कार्यक्रममा सहभागी हुन सबै साहित्यप्रेमीहरुलाई अनुरोध गरेको छ ।

Post a CommentDefault CommentsFacebook Comments